पत्रकारमाथि सांघातिक हमलापछि फरार ४ जनाको खोजीकार्य

पाेखरा | साउन १६, २०८१

पत्रकारमाथि सांघातिक हमलापछि फरार ४ जनाको खोजीकार्य

पोखरा:   नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेश समितिले आयोजना गरेको आन्दोलनमा रिर्पोटिङको क्रममा पत्रकारमाथि भएको सांघातिक हमलापछि फरार रहेका व्यक्तिहरुलाई पक्राउ गर्नुपर्ने पत्रकार टोलीले माग राखेको छ ।

 

आज (बिहीबार) जिल्ला प्रहरी कार्यालय कास्कीमा भएको छलफलको क्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश, जिल्ला समिति र फोनिज गण्डकीको टोलीले कास्की प्रहरीलाई आक्रमणपछि फरार मुख्य ४ जनालाई यथाशिघ्र पक्राउ गर्नुपर्ने बताएको हो ।

 

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिमिल्सिना पंगेनीले आपराधिक क्रियाकलापमा संलग्न भएकाहरुसँग कुनै पनि किसिमको सम्झौता नगरी प्रशासनले कारवाही गर्नुपर्ने बताईन् । 

 

पत्रकार महासंघ गण्डकीका महासचिव गोविन्द सुवेदीले आपराधिक क्रियाकलापमा संलग्न व्यक्तिको रंग, वर्ण र जात नहुने बताउदै फरार सबैलाई पक्राउ गर्नुपर्ने बताए ।

 

'कानूनको नजरमा रंग, वर्ण, पेशा वा श्रमजिवी मजदुर भन्ने हुदैन, उनले भने, ‘त्यसैले सांघातिक हमला गरेर फरार रहेका बाँकी ४ जनालाई पक्राउ गरेर कानूनी कारवाहीमा ल्याउनु पर्याे । त्यसपछि बाँकी छलफल अघि बढाउला ।’

 

यस्तै छलफलको क्रममा बोल्दै पत्रकार महासंघ कास्कीकी अध्यक्ष विमला भण्डारीले यतिका दिन बित्दासमेत ५ जनालाई बाहेक अन्य व्यक्तिलाई कास्की प्रहरीले पक्राउ नगर्नु पछाडी रहस्य रहको बताइन् ।

 

उनले कुनै व्यक्तिमाथि मात्र अक्रमण नभई पत्रकारितामाथि नै हमला भएको उल्लेख गरिन् ।
 

यो पनि पढ्नुहोस

 

‘आन्दोलनको नाममा आक्रमण भयो । पीडितको मुटु हलुंगो भएपनि सिंगो पत्रकारिता क्षेत्रको मुटु भारी भएको छ । त्यसैले हिरासतमा रहेका ५ जनालाई छुटाउने होइन फरार रहेको अन्य ४ जनालाई पनि तत्कालै पक्राउ गरेर अनुसन्धान अघि बढाउनुपर्छ भन्ने हाम्रो धारणा हो’, उनले भनिन् ।  

 

यस्तै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेश समितिका सचिव योगेन्द्र केसीले  छलफलको क्रममा बोल्दै शान्तिपूर्ण आन्दोलन भनिएपनि त्यसले फरक रुप लिएको बताउदै आफुहरुलाई निकै दुखी बनाएको सुनाए ।

 

‘हामीले शान्तिपूर्ण र सन्देशमूलक आन्दोलन नै गर्ने भनेका हौं । हामी सरकारसँगको नियमित वार्तामा थियौं’, सचिव केसीले भने, ‘आन्दोलनमा कसैलाई कुट्ने धम्काउने भन्ने केही थिएन । गाडी घर र ग्यारेजमा थन्काउने मात्रै कार्यक्रम थियो तर एकाएक पत्रकारमाथि हातपात भएछ । हामी त्यो घटनाप्रति एकदमै लज्जित र दुखी छौं ।’

 

यस्तै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहन थापाले कानूनको विषयमा सम्झौता नहुने स्पष्ट पारे ।

 

उनले २० जनाभन्दा बढि व्यक्ति विरुद्ध निवदेन परेपनि मुख्य ४ व्यक्ति पहिचान भइसकेको बताउदै यथाशिघ्र पक्राउ गर्ने बताए ।

 

‘भीड धेरै भएकाले अहिलेसम्म ५ जना हिरासतमै छन् बाँकी मुख्य र प्रत्यक्ष कुटपिटमा संलग्न ४ जनालाई हामीले पहिचान गरिसकेका छौं, एसपी थापाले भने, ‘उनीहरुलाई पनि छिटै पक्राउ गरेर कानूनी प्रक्रिया अघि बढाउछौं ।’

 

गत आइतबार रिपोर्टङको क्रममा पत्रकार बिनु थापा मगर र सुरज थापामगरलाई पठाओ भन्दै यातायात व्यवसायीले लखनचोक (पृथ्वीचोक) मा सांघातिक आक्रमण गरेका थिए ।

 

उक्त घटनामा संलग्न ५ जनालाई पक्राउ गरिसकेको छ भने बाँकी ४ जना फरार छन् ।

 

गण्डकी प्रदेश सरकारले राइडसेयरिङलाई वैधानिकता दिनका लागि कार्यविधि अघि सारेपछि यातायात व्यवसायीहरु सांगठनिक रुपमै त्यसको विरोध गर्दै आन्दोलनमा उत्रेको थियो ।

 नेकपा (एमाले) ले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको छ ।   पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा शनिबार बसेको सचिवालय बैठकले उम्मेदवारको टु...

थप पढ्नुहोस्

पोखरा:   ११६ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारी पर्यटन व्यवसायी महिला संघ(टेवान) पोखराले समाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको सहयोगमा आज पोखरामा महिलालाई लक्षित गरी मेनोपज सचेतना ...

थप पढ्नुहोस्

काठमाडौंः    नेपाल आयल निगमले ग्यास सिलिण्डरमा ७.१ किलो एलपी ग्यास भरी प्रति सिलिण्डर आधा रु ९५५ मा बिक्री वितरण गर्ने निर्णय गरेको छ ।  निगमले बिहीबार विज्ञप्ति जारी गरी हालको परिस्थितिला...

थप पढ्नुहोस्