कास्कीको माछापुच्छ्रेमा १४ लाख बढी चोरी गरेको आरोपमा ४ जना पक्राउ
पाेखरा | साउन १७, २०८१
पोखरा: कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ रुम्जामा शशीधर काफ्लेको घरबाट १ लाख ७३ हजार नगदसहित अन्दाजी १४ लाख ८ हजार बराबरको सामान चोरी गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।
शशीधर काफ्लेको घरमा साउन ३ गते धारिलो हतियार देखाई विभिन्न किसिमका सुनका गरगहनासहित नगद १ लाख ७३ हजार चोरी गरेको आरोपमा ४ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
कास्की प्रहरीका अनुसार पक्राउ पर्नेमा कास्कीको माछापुच्छ्रे गाउँपालिका–४ लाहाचोक बस्ने ४२ वर्षीय सुर्यबहादुर घर्ती क्षेत्री, ५१ वर्षीय खड्कबहादुर पुनमगर, पोखरा महानगरपालिका–२१ बस्ने ५८ वर्षीय लोकबहादुर रानामगर र नदीपुर बस्ने ३५ वर्षीय राजु सुनार रहेका छन् ।
उनीहरुलाई काफ्लेको घरमा गएर धारिलो हतियार देखाएर सुनको गरगहना सिक्री र तिलहरी१/१ थान , औठी ३ थान, रिङ ३ जोर, मोबाईल १ थान, नगद १ लाख ७३ हजार गरी अन्दाजी १४ लाख ८ हजार बराबरको सामान चोरी गरी गरेका थिए ।
पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँका सम्बन्धी मुद्धामा ५ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरिरहेको ‘अप्रेसन ३६५’ अभियानअन्तर्गत विभिन्न स्थानबाट थप ११ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अ...

