पोखरामा किसान सुनार सम्मानित

पाेखरा | साउन १९, २०८१

पोखरामा किसान सुनार सम्मानित

पोखरा:     युवा व्यवसायी किसान सुनार पोखरामा सम्मानित भएका छन् ।

 

चेम्बर अफ कमर्स गण्डकीका अध्यक्ष सुनार पोखरा चेम्बर अफ कमर्स कास्कीको पाँचौ साधारण सभा तेस्रो जिल्ला अधिवेशनको अवसरमा  सुनार सम्मानित भएका हुन् ।

 

पोखरा चेम्बर अफ कमर्स कास्कीका संस्थापक अध्यक्षसमेत रहेका उनलाई संस्थाप्रति योगदान दिएको भन्दै  सम्मान अर्पण गरिएको हो ।

 

उनलाई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सम्मान अर्पण गरिन् । 

 

सो अवसरमा बोल्दै शिक्षामन्त्री भट्टराईले उद्यमशिलतालाई शिक्षासँग जोड्न आवश्यक रहेको बताइन् । 

 

उनले व्यवहारिक शिक्षा नीति नहुँदा युवाहरु विदेशीनु पर्ने बाध्यता रहेको बताउदै त्यसतर्फ आफ्नो ध्यानाकर्षण भएको धारणा राखिन्  । मन्त्री भट्टराईले आफ् जिम्मेवारी पूर्ण रुपमा निभाउन कटिबद्ध रहेको बताउदै जनताको मन जित्ने गरी काम गर्ने प्रतिबद्धतासमेत व्यक्ति गरेकी थिइन् ।

 

कार्यक्रममा संघीय सांसद दामोदर बैरागी, जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख भरतमणी पाण्डे, आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख शिव शर्मा, एमाले कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्री, नेपाल पर्यटन बोर्डका पूर्व सदस्य बासु त्रिपाठी लगायतले शुभकामना व्यक्त गरेका थिए ।

 

संस्थाको कार्यक्रमबारे प्रचारप्रसारमा सहयोग गरेको भन्दै पत्रकार श्याम कुँवरलाई र सचिवालय व्यवस्थापनमा भूमिका निर्वाह गरेको भन्दै अन्य व्यक्तिहरुलाईसमेत सम्मान अर्पण गरिएको थियो ।

काठमाडौं: आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि देशव्यापी मदाता नामावली संकलन जारी छ। निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार पछिल्लो समयमा नागरिकको उत्साहजनक रुपमा मतदाता नामावली संकलन अगाडि...

थप पढ्नुहोस्

काठमाडौं:  नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमको मृत्युु भएको छ कात्तिक दोस्रो सातादेखि उपचारका लागि काठमाडौँ मेडिकल कलेज (केएमसी)मा रहेका उनको गयराति २ बजेर ५८ मिनेटमा निधन भएको हो ...

थप पढ्नुहोस्

पोखरा:  अनलाइन ठगीका घटना बढेको भन्दै कास्की जिल्ला प्रहरी कार्यालयले सावधानी अपनाउन सर्वसाधारणलाई सार्वजनिक सूचनामार्फत आग्रह गरेको छ ।  कार्यालयले अनलाइनबाट सामान खरिद गर्दा सामान प्राप्त गरिसक...

थप पढ्नुहोस्