लेकसाइडको आफ्नै सपिङ सेन्टरमा आगो लगाएका गहतराज पक्राउ
पवनले उक्साएका थिए
पाेखरा | साउन २०, २०८१
कास्की: आफ्नै सपिङ सेन्टरमा विमा रकम असुल्नका लागि आगो लगाएको आरोपमा पोखरामा १ जना पक्राउ परेका छन् ।
उक्त गतिविधि गर्न उक्साउने अर्का एक जनालाई समेत कास्की प्रहरीले सार्वजनिक गरेको छ ।
कास्की प्रहरीले सार्वजनिक गर्नेमा मुख्य योजनाकार सुजन गहतराज र सहयोगी पवन नेपाल रहेका छन् ।
सुजनले उक्त पसलको न्यूरोड शाखाको हिमालयन एभरेष्ट इन्स्युरेन्समा २ करोड १० लाखको विमा गरेका थिए । सोही रकम असुल्ने योजनासहित आगो लगाएको बयान दिएको कास्की प्रहरीका प्रमुख एसपी मोहन कुमार थापाले बताए ।
उनका अनुसार उनलाई उक्त कार्य गर्न पवन नेपालले उक्साएका थिए ।
पवलने यसअघि पश्चिमाञ्चल एकीकृत कृषि केन्द्रबाट सञ्चालिक सफल पोल्ट्री फार्ममा आगो लगाएर इन्स्युरेन्स कम्पनीबाट ३१ लाख रुपैयाँ लिएको बताएपछि सुजनले उक्त हर्कत गरेको एसपी थापाले बताए ।
सुजन र पवन मिलेर गत लेकसाइडको मुक्तिानाथ सपिङ सेन्टरमा गत १७ गते आगजनी गरेका थिए ।
पक्राउ परेका दुई उनीहरुमाथि आपराधिक उपद्र गर्न नहुने शिर्षकमा मुद्धा दर्ता गरी ७ दिनको म्याद थप गरि अनुसन्धान अघि बढाइएको कास्की प्रहरीले जनाएको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

