इन्टरनेको माध्यमद्वारा निर्वाचन गराउनुपर्छः पौडेल

काठमाडाैं | असार २४, २०७९

इन्टरनेको माध्यमद्वारा निर्वाचन गराउनुपर्छः पौडेल

 

काठमाण्डौँ:  आम नेपाली पार्टीका अध्यक्ष निलकण्ठ पौडेलले  इन्टरनेटको माध्यमद्वारा निर्वाचन गर्नुपर्ने बताएका छन् । 

 

आज (शुक्रबार)काठमाण्डौँमा  डेमोक्रेटिक सोसलिस्ट एलायन्सले आयोजना गरेको “स्वच्छ निर्वाचन ” विषयक बृहत अन्तरक्रिया कार्यक्रममा बोल्दै पौडेलले इन्टरनेको माध्यमद्वारा निर्वाचन घरबाटै हुने पर्ने बताएका हुन् । 

 

‘आम जनताहरुलाई सहजता र अपाङ्ग भएका व्यक्तिहरुका लागि पनि निष्पक्षरुपमा भोटिङ गराउनको लागि इन्टरनेको माध्यमद्वारा घरैबाट भोटिङ प्रणाली लागु हुनुुपर्छ ।’ उनले भने । 

 

पौडेलले गत स्थानीय तहको निर्वाचनमा फरक क्षमता (अपाङ्ग) भएका व्यक्तिहरुलाई निर्वाचनमा सहभागिता गराउन तर्फ सरकारले चाँसो नदिएको धारणा राखे । 

 

अपाङ्गहरुको पक्षमा बोल्दै निर्वाचन प्रक्रिया कम खर्चिलो गराउने बताउदै भने  ‘निर्वाचनमा खर्च कम गराउने उत्तम उपाय ईन्टरनेटको माध्यमबाट भोट गर्नु हो । हालको निर्वाचन प्रणाली अत्याधिक खर्चिलो छ । जसको कारण जनताले एउटा सक्षम प्रतिनिधि पाउन सकेका छैनन् ।’

काठमाडौं:  तिहारको तेस्रो दिन आज घरघरमा कुकुरलाई पूजा गरी मीठा खानेकुरा दिइ कुकुर तिहार मनाइँदैछ। कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भएपनि यस वर्ष तिथिको घटबढका कारण तेस्र...

थप पढ्नुहोस्

–शिवहरि सुवेदी केन्द्रीय सदस्य, राष्ट्रिय युवा संघ नेपाल ईन्चार्ज , राष्ट्रिय युवा संघ जिल्ला कमिटी, कास्की   नेपाल आज पुन: एक निर्णायक युगमा छ । जहाँ पुरानो राजनीतिक ढाँचा, भू–राजनी...

थप पढ्नुहोस्

काठमाडौं:  आगामी अक्टोबर २६ देखि नोभेम्बर ५ सम्म युएईमा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ का लागि नेपालले आफ्नो अन्तिम टोली घोषणा गरेको छ। कप्तान रोहित पौडेलको नेतृत्वमा १५ सदस्यीय टोली तयार पारिए...

थप पढ्नुहोस्