पोखराका पहिरो पीडित परियारलाई अमेरिकाबाट ८ लाख बढी आर्थिक सहयोग
पाेखरा | साउन २५, २०८१

पोखरा: पोखरा महानगरपालिका वडा नं.१९ मा गत महिना २७ गते राति गएको पहिरोमा परि परिवारका सबै सदस्यहरू गुमाएका पवन परियारलाई राहत प्रदान गरिएको छ ।
अमेरिकामा रहेका पोखरा १९ का बासिन्दाहरूले सङ्कलन गरी पठाएको राहत रकम पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पहिरो पीडित परियारलाई प्रदान गरे ।
असार २७ गते राति गएको पहिरोमा परि परिवार नै गुमाएका परियारको आवास निर्माणमा सहयोग गर्ने गरी नगद रु.८ लाख २ हजार २ सय राहत प्रदान गरिएको हो । पहिरोका कारण अभिभावकत्व गुमाएका परियारको पठनपाठन सहयोगार्थ पोखरा महानगरपालिकाले थप व्यवस्थापन गर्ने नगरप्रमुख आचार्यले बताए ।
राहत वितरण कार्यक्रममा नगर प्रमुख आचार्य सहित पोखरा महानगरपालिकाका प्रवक्ता मोतीलाल तिम्सिना, पोखरा १९ का वडा अध्यक्ष पुष्पेन्द्र पाण्डे लगायत वडाका जनप्रतिनिधिहरू, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, अमेरिका बस्ने १९ बासीका आफन्तहरू, स्थानीय बासिन्दाहरू लगायतको उपस्थिति रहेको थियो ।
काठमाडौं: देशको चौथो मुख्य बाली कोदोखेती गर्न पहाडी र तराई क्षेत्रका किसानले अरुचि देखाएका छन् । मकैपछिको दोस्रो मुख्य बालीका रूपमा विगतमा पहाडमा खेती हुँदै आएकामा केही वर्षयता ती भेगका किसानल...
पोखरा: आगामी असोजको ४ गते पोखरामा आयोजना हुने दोस्रो संस्करणको पर्वतीय दौड प्रतियोगितामा धेरै विदेशी धावक (पर्यटक) हरू सहभागी गराउन तत्काल दर्ता प्रक्रिया शुरु गर्न पर्यटन व्यवसायीहरूले माग गर्नुभएको छ । ...
काठमाडौं: निर्वाचन आयोगले आगामी कात्तिक १७ गते रूपन्देही निर्वाचन क्षेत्र नं ३ मा हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न सबै राजनीतिक दललाई आह्वान गरेको छ । आयोगले आज एक सूचना जारी गर्दै यही सा...