पहिरोमा परी चारजना घाइते
बाजुरा | साउन २६, २०८१
बाजुरा: अविरल वर्षाका कारण पहिरो आउँदा बाजुरामा चारजना घाइते भएका छन् । जिल्लाको पुर्वी उत्तरी भेगको हिमाली गाउँपालिका–३ बौडीस्थित गोरु खर्कमा आज बिहान पहिरो गएको थियो ।
पहिरोमा परी प्रेमकला बुढा, ललिता बुढा, अगौठी रोकाया र हंस बुढा घाइते भएका वडा नं ३ का वडाध्यक्ष मङ्गल बुढाले जानकारी दिनुभयो ।
तीस परिवारको बसोबास रहेको सो ठाउँमा पशुचौपाया पनि पुरिएका भन्दै विस्तृत विवरण सङ्कलन नभएको उहाँले बताउनुभयो । स्थानीयको सहयोगमा घाइतेको उद्धार गरिएको वडाध्यक्ष बुढाले जानकारी दिनुभयो ।
पहिरोबाट प्रभावित भएका पीडितको उद्धारका लागि प्रहरीको टोली घटनास्थलतर्फ गइसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
अहिलेसम्म उक्त टोली घटनास्थल पुगी नसकेकाले क्षतिको यकिन विवरण आउन नसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रवीन्द्रसिंह कार्कीले जानकारी दिनुभयो ।
पहिरोमा परी चारजना घाइते भएका र केही पशुचौपाया पुरिएको जानकारी आएको भन्दै प्रहरीको उद्धार टोली घटनास्थल पुगेपछि यकिन विवरण सङ्कलन गरिने उहाँले बताउनुभयो ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

