३० करोड राजस्व सङ्कलन
नवलपरासी | साउन २६, २०८१
नवलपरासी: यातायात व्यवस्था कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) ले गत आर्थिक वर्षमा रु ३० करोड ३५ लाख ५३ हजार नौ सय ५३ राजस्व सङ्कलन गरेको छ ।
गत आर्थिक वर्षमा नयाँ सवारी दर्ता हुने सङ्ख्या केही घटेको बताउँदै राजस्व सङ्कलन आव २०७९/८० को हाराहारीमा भएको जिल्लास्थित यातायात व्यवस्था कार्यालयका प्रमुख मिलनबहादुर केसीले बताउनुभयो ।
“गत आवमा सवारीसाधन करवापत रु २३ करोड ८६ लाख पाँच हजार तीन सय १३, सवारी चालक अनुमतिपत्र एवं सवारी दर्ता किताबवापत रु पाँच करोड छ लाख ५२ हजार नौ सय १८, यातायात क्षेत्रको आम्दानी राजस्व शीर्षकमा रु ३८ लाख ४६ हजार चार सय ३० र अन्य प्रशासनिक सेवा शुल्कवापत रु आठ लाख दुई हजार छ सय ९० राजस्व सङ्कलन भएको छ”, उहाँले भन्नुभयो ।
प्रमुख केसीका अनुसार गत आवमा कार्यालयमा विभिन्न प्रकृतिका एक हजार सात सय २७ सवारीसाधन दर्ता भएका छन् । आव २०७९/८० मा कूल सात हजार आठ सय ३८ सवारीसाधन दर्ता भएकामा गत आव छ हजार एक सय ११ वटा सवारीसाधन कम दर्ता भएका उहाँले जानकारी दिनुभयो ।
“गत आवमा दुई पाङ्ग्रे सवारीसाधन एक हजार चार ८९, निजी कार भ्यान २८, सरकारी मोटरसाइकल तीन, निजी बस तथा ट्रक १३, सरकारी बस पाँच, सरकारी गाडी छ, पिकअप भ्यान दुई, सार्वजनिक बस तथा ट्रक २४, ट्याक्टर चार, भाडाका ट्याम्पो ७४ र निजी ट्याम्पो ७९ वटा दर्ता भएका छन्”, प्रमुख केसीले भन्नुभयो । उहाँका अनुसार आव २०७९/८० मा छ हजार छ सय ८३ दुई पाङ्ग्रे सवारीसाधन दर्ता भएकामा गत आवमा एक हजार चार सय ८९ वटा दर्ता भएका छन् ।
जिल्लास्थित यातायात व्यवस्था कार्यालयमा गत आवमा सवारीचालक अनुमतिपत्र (लाइसेन्स) का लागि लिखित परीक्षामा सहभागी भएकामध्ये ७० दशमलव ७२ प्रतिशतले चालक अनुमतिपत्र पास गरेका कार्यालय प्रमुख केसीले जानकारी दिनुभयो । चालक अनुमति पत्र नयाँ एवं नवीकरण गरेकामध्ये गत पुस १५ गतेसम्मका सबै छापिएर आएका उहाँले बताउनुभयो ।
छापिएर आएका चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) अहिले सेवाग्राहीलाई वितरण गर्न थालिएको यातायात व्यवस्था कार्यालयले जनाएको छ ।
पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका १०र ११ स्थित पर्यटकीय गाउँ घान्द्रुकमा फागुन ६ देखि ९ गतेसम्म घान्द्रुक पर्यटन महोत्सव हुने भएको छ । पोखरामा आज (मंगलबार) पत्रकार सम्मेलन गर्दै महोत्सव...
पोखरा: नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले स्थापना गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा सामाजिक अभियान्ता सरिता गुरुङले आर्थिक सहयोग गरेकी छन् । सामाजिक क्षेत्रमा...
काठमाडौ: सरकारले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि नेपाली सेनालाई एक महिनाअघिबाट परिचालन गर्ने भएको छ। एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२ ले स्वीकृत गरेक...

