लायन्समा लफडाः लायन्सको नाममा छलकपट, धोका र घात कहिलेसम्म ?
पाेखरा | असार २५, २०७९

पछिल्लो समय पोखरेली लायन्स क्लबमा चिनिएका नाम ध्रुव थापा र बालकृष्ण बुर्लाकोटीबीच आपसी द्वन्द्व सुरु भएको छ । अहिले सतहमा देखिएपनि द्वन्द्वको बिउँभने २ वर्षअघिदेखि सुरु भएको हो ।
लायन्सहरुबीच भुसभित्र सल्किएको छलकपट, धोका र अन्तरघातको श्र्रंखला नरोकिएपछि लायन्स थापा सार्वजनिक सञ्जालमार्फत भण्डाफोरमा उत्रिएका छन् ।
फेसबुकमा शुक्रबार लामो स्टाटस लेख्दै थापाले आवश्यकता अनुसार थप पर्दाफास गर्दै जाने बताएका छन् । जसअनुसार ०७७ सालको पुस १४ गते भएको सहमतिपत्र कार्यान्वयन नभएपछि थापा लायन्सभित्र मौलाएको हर्कतविरुद्ध सार्वजनिकस्तरमै उत्रिएका हुन् ।
पुस १४ को सहमतिअनुरुप यसपटक थापाले आफु एरिया लिडर हुनुपर्नेमा राजन लम्साललाई बनाइएपछि धोका भएको उल्लेख गरेका छन् । थापा, बुर्लाकोटी र विशेश्वर आचार्यबीच भएको सम्झौता विपरित हाल लम्साललाई लिडर बनाइएपछि थापा रुष्ट भएका छन् । त्यसो त यस्तो धोखा पहिलोपटक नभएको उनले सुनगाभा न्यूजलाई बताएका छन् ।
यही विषयप्रति थापाले बुर्लाकोटीलाई सोधेका छन्, ‘यदि राजन लम्साललाई नै एरिया लिडर बनाउनु थियो भने म सँग किन यो कागज गर्ने नाटक गरियो ? तपाइँ लिडरहरुमै नैतिकता नभएपछि सर्बसधारण लायन्सहरुमाझ कसरी मुख देखाउनु हुन्छ ?'
हामीले यही प्रश्न बुर्लाकोटीसमक्ष राख्यौ । उनी भन्छन्, ‘उहाँ (थापा)लाई एरिया लिडर बनाउन पहल गर्ने भन्ने सहमति हो, बनाउँछौ भन्ने हैन ।’ बुर्लाकोटीले सहमितपत्रमा ‘पहल गर्ने’ भनेर स्पष्ट लेखेको बताउँदै उक्त समयमा आफुसँग एरिया लिडर बनाउन अथोरिटी नभएको बताए ।
अन्तर्राष्ट्रिय प्रेसिडेन्टले कामको मूल्यांकनको आधारमा लायन्सको चयन गर्ने भएकाले आफुमाथि अनाहकमा थापाले टिप्पणी गरेको बुर्लाकोटीको भनाई छ ।
आइडी इन्डोर्सीमा आफुले धेरै पहिलदेखि चाहना राख्दै आएको र बुर्लाकोटीले मल्टिलको चुनावमा जान मिलेर अघि बढ्नुपर्ने भन्दै सहमति गरिएको थापाले बताएका छन् । तर बुर्लाकोटीले चुनाव जितेपछि एरिया लिडरको अन्तर्राष्ट्रियमा सिफारिश नगरेको बताइरहँदा बुर्लाकोटलीले भने आन्तरिक विषयलाई सार्वजनिक गरेकोमा चित्त दुखाएका छन् ।
‘थापाजी आत्तिनुपर्ने थिएन, त्यसैपनि १ वर्षपछि उहाँको पालो आइहाल्थ्यो’ बुर्लाकोटीले भने ‘लायन्सको आन्तरिक विषयलाई सार्वजनिक गर्न आवश्यक थिएन, हामी एउटै परिवार हौं, यही कुरा मिलिहाल्थ्यो ।’
हाल आएर बुर्लाकोटीले लम्साललाई एरिया लिडरमा सिफारिश गरेपछि रुष्ट थापाले लायन्सलाई सेवा गर्ने संस्थाबाट धन्धा गर्ने थलो बनाइएको आरोप लगाएका छन् । ‘मलाई जसरी पनि माथि जान नदिने नियतले काम भइहेको थियो’ थापाले भने ‘मैले नाडामा चुनाव जितेपछि गुटबन्दी र धोखाधडी एकैपटक सुरु भयो ।’
थापाले आलोचनायुक्त स्टाटस लेखेकोप्रति बुर्लाकोटीले संस्थाकै छविमाथि प्रहार भएको ठहर गरेका छन् । ‘घरमा बसेर घरकै उपहास गर्ने नियतले यस्तो लेखियोे’ बुर्लाकोटीले भनेका छन् ।
यता, थापाले भने आफ्नो स्टाटसयुक्त जानकारी संस्था विरुद्ध नभई पात्र र प्रवृत्तिविरुद्ध भएको बताएका छन् ।
उनले तत्कालीन बि १ का सम्पुर्ण पूर्वगभर्नरहरु समेत बसेर गरिएको माइन्युटको समेत धज्जी उडाइएको टिप्पणी गरेका छन् । उक्त माइन्युट माघ २ गते लेखिएको छ ।
लायन्सलाई अहिले कमाउधन्दाका रुपमा अघि बढाउन खोजिएको र आफु माथि आए धन्दा बन्द हुने भनेर केही व्यक्ति निरन्तर लागिरहेको थापाले बताएका छन् । थापाले भनेका छन्, ‘म आए मनपरी गर्न पाइँदैन भनेर एकथरीहरु निरन्तर मेरा विरुद्ध षडयन्त्र गरिरहेका छन् ।
काठमाडौं: लगातार स्थगित हुँदै आएको प्रतिनिधि सभाको बैठक शुक्रबार पनि सूचना टाँस गरेर जेठ २५ गते आइतबार १ बजेसम्मका लागि स्थगित भएको छ । विपक्षी दलले गृहमन्त्रीको राजीनामा सहितका माग गर्दै सदन सञ्च...
धनुषा: नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मधेशमा छिट्टै कांग्रेस नेतृत्वमा सरकार बन्ने बताउनुभएको छ । आज पार्टीको मधेश प्रदेश कार्यालय जनकपुरधाममा पत्रकारहरूसँग कुरा गर्...
दैलेख: भरुवा बन्दुकको छर्रा लागेर दैलेखमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा यहाँको महाबु गाउँपालिका–४ काप्रिखोलाका अन्दाजी ३४/३५ वर्षीय पूर्ण बहादुर थापा सलामी मगर रहेका छन् । स्थानीय ब...