कोमागाने पार्कमा वृक्षारोपण सहित चौतारा निर्माण
पाेखरा | साउन ३१, २०८१
पोखरा: लायन्स क्लब अफ पोखरा इन्फर्मेशन एण्ड टेक्नोलोजीले पोखराको केदारेश्वर मन्दिर परिसर कोमागाने पार्कमा चौतारा निर्माण तथा वृक्षारोपण गरेको छ ।
बिहीबार आयोजित वृक्षारोपण कार्यक्रमको अवसरमा पारी क्लबले निर्माण गरेको चौतारा कोमागाने पार्क व्यवस्थापन समितिका अध्यक्ष गणेश अधिकारीलाई हस्तान्तरण गरियो ।
लायन्स क्लब ३२५ आई डिष्ट्रकका डिस्ट्रीक गभर्नर विनोद ढुंगानाले लायन्स क्लव अफ इन्फर्मेशन एण्ड टेक्नोलोजीद्धारा निर्माण गरेको चौतारा हस्तान्तरण गर्दै इन्फर्मेशन टेक्नोलोजीले नाम अनुसारको काम गरेको बताए ।
फेवाताल किनारमा रहेको कोमागाने पार्कमा निर्माण गरिएको चौताराले उक्त ठाउँमा घुम्न आउने पर्यटकलाई बिश्राम लिनका लागि सहज हुने र लायन्स क्लबले निकै मेहनतका साथ वृक्षारोपण गरी विरुवालाई हुर्काउन र संरक्षणका लागि समेत बारको ब्यवस्था गरेकोमा खुसी ब्यक्त गरे ।
सो अवसरमा बोल्दै कोमागाने पार्क व्यवस्थापन समितिका अध्यक्ष गणेश अधिकारीले केदारेश्वर मन्दिर नजिकै रहेको कोमागाने पार्कमा लायन्स क्लव अफ पोखरा इन्फर्मेशन एण्ड टेक्नोलोजीले चौतारा निर्माण संगै ब्यवस्थित रुपमा गुल्महरका विरुवाहरु रोपी कोमागाने पार्कको सौन्दर्य बढाउने काम गरेकोमा धन्यवाद ब्यक्त गरे ।
सुुर्य पोख्रेलको संयोजकत्वमा सम्पन्न वृक्षारोपण कार्यक्रममा ३० वटा गुल्महरको बिरुवा रोपिएको थियो भने विरुवाको संरक्षणको लागि समेत बांसको बार लगाइएको थियो ।
सो अवसरमा कोमागाने पार्क ब्यवस्थापन समितिका सदस्य हेमराज पहारी, जोन चियर पर्सन मात्रिका पौडेल, रिजन चियर पर्सन कृष्ण कुमार श्रेष्ठ, क्लस्टर चिफ विष्णु श्रेष्ठ, डिष्ट्रिक कोडिनेटर प्रेम दाहाल, वातावरण प्रमुख डासिराम सापकोटा लगायतको उपस्थिती रहेको थियो ।
क्लबका अध्यक्ष दिनेश महर्जनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लबका प्रथम उपाध्यक्ष राबत तामाङ गोम्जाले स्वागत मन्तब्य राखेका थिएभने कार्यक्रमको सञ्चालन क्लबका सचिव मुकेश अर्यालले गरेका थिए ।
पोखरा । उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ । पोखराको महेन्द्रपुलमा आज एक विशेष का...
पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी च्याम्पियन बनेको छ । फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले उपाधि जितेको ह...
चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ । कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

