त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्याङ्जाका थापासहित २ जना पक्राउ
काठमाडाैं | साउन ३१, २०८१

काठमाडौं: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन पार्किङ क्षेत्रबाट अवैध रुपमा सङ्कलन गरी लैजान लागेको सुन जस्तो देखिने पहेलोँ धातुसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा तारकेश्वर नगरपालिका–५ घर भएकी ३१ वर्षीया जानुका न्यौपाने र स्याङ्जा वालिङ नगरपालिका–५ घर भएका २२ वर्षीया नारायण थापा रहेको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “एयर अरेबियाको उडानमार्फत बहराईनबाट दुबई हुँदै काठमाडौँ आएकी जानुकाबाट नारायणले अवैध रुपमा सङ्कलन गरी लैजान लागेको अवस्थामा उक्त धातु (सुन) सहित प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो ।”
आज बिहान करिब ५० ग्राम तौलको दुई थान सिक्रीसहित प्रहरीले उनीहरुलाई क्राउ गरेको हो । उनीहरुलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय सिनामङ्गलमा पठाइएको प्रवक्ता कार्कीले जानकरी दिनुभयो ।
हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ। सोमबार बिहान कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा छिटपुट वर्षा भएको छ। पछिल्लो ६ घन्टामा अर्घाखाँचीको राङसिङम...
अविरल वर्षाले कोशी प्रदेशका विभिन्न जिल्लामा ठूलो जनधनको क्षति पुर्याएको छ। सोमबार बिहानसम्म मृत्यु हुनेको संख्या ४४ पुगेको प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी दिपक पोखरेलले जानका...
चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड प्रयोग गरी गन्तव्यमा जाने सवारी साधनहरुलाई आज बिहान ६ बजेदेखि बाटो खुला गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले आज बिहान ६ बजेसम्म नारायणगढ–मुग्लिन...