गण्डकीमा उद्यमी महिलाको सशक्तिकरणका लागि अभिमुखिकरण कार्यक्रम
पाेखरा | भदौ १, २०८१
पोखरा: महिला तथा बालबालिकाको क्षेत्रमा कार्य गर्दै आएको वुमन एक्ट नेपालले गण्डकी प्रदेशका महिला उद्यमीका लागि अभिमुखिकरण कार्यक्रम गरेको छ ।
नेपालका सीमान्तकृत र जोखिममा परेको महिला तथा बालबालिकाको आर्थिक सवलीकरण परियोजना अन्तरगत गण्डकीका प्रदेशका महिला उद्यमीको सशक्तिकरण गर्न, उद्यमका लागि सहजीकरण गर्न शुक्रबार अभिमुखिकरण गरिएको हो ।
अभिमुखिकरण कार्यक्रममा बोल्दै प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दु थापाले महिलालाई उद्यमी बनाउन तर्फ अबको बाटो हुनुपर्ने बताउँदै यसले महिलालाई आत्मनिर्भर बनाउने बताए । उनले आफू पनि उद्यमी पृष्ठभुमिबाट आएकै कारण उद्यमीहरुको समस्या बुझ्ने बताए ।
वुमन एक्टकी कार्यकारी अध्यक्ष श्रृजना अधिकारीले आर्थिक उपार्जनका लागि ससाना व्यवसाय गरिरहेका महिला उद्यमीले व्यवसाय दर्ता नगरिदिंदा सरकारबाट प्राप्त हुनसक्ने आर्थिक सहयोग, कार्यक्रम, सूचनाबाट वन्चित भइरहेको सुनाइन् । यसप्रति महिला उद्यमीलाई सशक्त बनाउने कार्यका लागि परियोजना अघि बढिरहेको उनले बताइन् ।
भेलाले पोखरा महानगर, माछापुच्छ«े गाउँपालिका र हुप्सेकोट गाउँपालिकाका महिला उद्यमी सम्मेलित ५ सदस्य प्रदेशस्तरीय महिला उद्यमीको सामुदायिक अभ्यास संजाल (सीओपि नेटवर्क) समेत गठन गरेको छ । संजालको सयोंजकमा उर्मिला वि.क, उप संयोजकमा रेवती सारु, सचिवमा तुलसी अधिकारी, सदस्यमा यशोदा लम्साल र पुष्पा गुरुङ छन् ।
संजालले स्थानीय, प्रदेशस्तरमा समन्वय गरि उद्यमी महिलाको हकहितमा वकालत गर्ने वुमन एक्टका टिम लिडर प्रकाश अधिकारीले बताए । वुमन एक्टले बाग्मती, गण्डकी, मधेश, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका २५ स्थानीय तहमा परियोजना सञ्चालन गरिरहेको छ ।
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ठुलो आर्थिक अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ । ...
काठमाडौं: सोमबार सुनको भाउ तोलामा ६ हजार ५ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन १२ हजार ५ सय रुपैयाँ घटेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको भाउ प्रतितो...
म्याग्दी प्रहरीले एक युवकको हत्या आरोपमा २२ वर्षीय प्रकाश विकलाई पक्राउ गरेको छ । उनीविरुद्ध म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका २४ वर्षीय सौरव विकको हत्या गरेको आरोप छ । हत्य...

