राष्ट्रिय एकता भाँड्ने प्रयासलाई चिर्न प्रधानमन्त्री ओलीको खेलाडीलाई आग्रह
काठमाडाैं | भदौ २, २०८१
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई विभिन्न नाममा भड्काएर राष्ट्रिय एकता भाँड्ने प्रयासलाई चिर्न खेलाडीहरुलाई आग्रह गर्नुभएको छ ।
नेपाल खेलकुद महासङ्घको केन्द्रीय कमिटीको तेस्रो बैठकको उद्घाटन सत्रलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अनेक प्रकारका शक्तिले धर्म, जात र विभिन्न नाममा राष्ट्रिय एकता भाँड्न र जनतालाई भड्काउन सक्ने भएकाले राष्ट्रिय एकतालाई कायम राख्न जोड दिनुभयो ।
“यति सानो देशमा हामी धेरै जाति, भाषी र जाति मिलेर बसेका छौँ । यो हाम्रो सम्पन्नता र जीवित सम्पदा हो”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “हामीले राष्ट्र र जनताको मन विखण्डित हुन दिनु हुँदैन । खेल क्षेत्र कुनै जात र धर्म विशेषको हुँदैन । यहाँ उत्कृष्टताका आधारमा खेलाडीको प्रतिनिधित्व हुन्छ । कुनै जातको वा धर्मको प्रतिनिधित्व खोई भनेर सोध्ने वा भड्काउने काम यस क्षेत्रमा हुँदैन । यहाँ विधि, पद्धति र नियमको पालना हुन्छ । यो अनुशासनको कुरालाई समाजव्यापी बनाउने हाम्रो काम हुनुपर्छ ।”
जनताको शासनका रुपमा रहेको लोकतन्त्रमा विधि नमान्ने र सनकका भरमा चल्ने प्रवृत्तिले समाजलाई कहीँ नपुर्याउने प्रधानमन्त्री ओलीले स्पष्ट गर्नुभयो । समाजमा भ्रष्टहरुले नै भ्रष्टाचारविरोधी नाटक गरेर जनता अल्मलाउने र भ्रष्टाचार नगर्नेलाई तथानाम गाली गरेर असत्य फैलाउन लागेकाले सत्यका पक्षमा प्रस्तुत हुन उहाँले आग्रह गर्नुभयो ।
“देशमा शान्ति, सुव्यवस्था र कानुनको राज नहोस्् भने वितण्डा मच्चाउन खोज्ने, सरकार र देशलाई असफल पार्ने प्रयास पनि हुन सक्छन् । तपाईंहरुले यसतर्फ पनि सचेत भएर लाग्नुपर्छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो– “समाजमा योगदान नगरेकाहरुलाई तारिफ गरेर माथि उठाउने र लोकतन्त्रका लागि योगदान गरेकाहरुलाई गाली गर्ने काम भइरहेको छ । अहिलेको सरकार भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्नका लागि बनेको हो । यसमा हामी शून्य सहनशीलता अपनाउँछौँ । अनुहार र मुख हेरेर कसैलाई पक्ष–विपक्ष गरिँदैन । सभ्य, आधुनिक, समृद्ध र सुखी नेपालको विकासमा हामी लाग्नेछौँ ।”
नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले खेल क्षेत्रलाई उठाउने र यसका सबै विधालाई जीवनशैलीका रुपमा अपनाउने कामको नेतृत्व गर्ने जिम्मेवारी निर्वाह गर्न आग्रह गर्नुभयो । उहाँले बालबालिकादेखि बूढाबूढीसम्मलाई आफ्नो क्षमता र रुचिअनुसार खेल एक जीवनको अङ्ग भएकाले खेललाई व्यापकीकरण र सामाजिकीकरण गर्न आग्रह गर्नुभयो । खेलले मनोरञ्जन, व्यायाम र प्रतिस्पर्धाको अवसर दिने उल्लेख गर्दै उहाँले सबै पेसा व्यवसायका व्यक्तिका लागि खाना, काम र व्यायामको प्रबन्ध नभए जीवन कूँजो हुने बताउनुभयो ।
“नेपाली खेलाडीले विश्वस्तरका प्रतिस्पर्धामा स्वर्ण पदक नपाउने भन्ने के छ ? हामीले रसियाली र अरेबियाली सबैसँग प्रतिस्पर्धा गर्न सक्छौँ । हामीले ओलम्पिकमा सहभागी मात्र हुन थालेका छौैँ । अब जित्नुपर्छ । उत्कृष्ट र प्रतिस्पर्धीरुपमा खेलेमा हामीलाई जितका लागि केहीले पनि रोक्दैन । सरकारले यस क्षेत्रको विकासका लागि गर्नुपर्ने काम गच्छेले भ्याएसम्म गर्र्नेछ । कीर्तिपुरको रङ्गशालालाई स्तरोन्नति गर्न दिइएको प्राथमिकता यसैको उदाहरण हो,”
प्रधानमन्त्री ओलीले भन्नुभयो, “महासङ्घमा आबद्ध युवाको उत्तरदायित्व खेलमा श्रेष्ठताका साथै समृद्ध, सुरक्षित, सम्मानित र न्यायोचित समाज निर्माणका लागि सचेत प्रयास गर्नु पनि हो । देशको स्वाधीनता, लोकतन्त्र, विधि र सार्वभौमसत्ता, भौगोलिक अखण्डताको रक्षा तथा राष्ट्रिय झण्डालाई माथि उठाउन पनि उत्तिकै भूमिका हुनुपर्छ ।”
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...
फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ। तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो। ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...
पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ । पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

