पोखरामा बसले मोटरसाइकललाई ठक्कर दिँदा भिमबहादुर घाइते
पाेखरा | भदौ ५, २०८१
पोखरा: पोखरा महानगरपालिका–६ डिहिकोपाटनमा आज दिउँसो बसले मोटरसाइकललाई ठक्कर दिँदा भिमबहादुर सारु घाइते भएका छन् ।
नगर बसले ग १२ प ९८५० नम्बरको मोटसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक तनहुँको देवघाट गाउँपालिका घर भएका भिम बहादुर सारु घाइते भएको जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ ।
ट्राफिक कार्यालय कास्कीका अनुसार दुर्घटनास्थलमा सँगै दुईवटा बस भएकाले कुन बसले ठक्कर दिएको भन्ने खुल्न नसकेको जनाएको छ । थप अनुसन्धान भइरहेको ट्राफिक प्रहरीले जनाएको छ ।
मोटरसाइकल चालक सारुको कम्मर र खुट्टामा चोट लागेको छ । उनको सृजनाचोकस्थित मेट्रासिटी अस्पतालमा उपचार भइरहेको छ । थप विवरण आउँदै
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

