पाल्पामा समलिङ्गी विवाहले पायो कानूनी मान्यता

पाल्पा | भदौ ५, २०८१

पाल्पामा समलिङ्गी विवाहले पायो कानूनी मान्यता

पाल्पा:    पाल्पाको रामपुर नगरपालिकामा समलिङ्गी विवाह दर्ता भएको छ । रामपुर वडा नं ९ को कार्यालयमा ३१ वर्षीया चिनाकुमारी नेपाली र ३६ वर्षीया ज्योति सार्कीले समलिङ्गी विवाह दर्ता गरेसँगै कानूनी रुपमा समलिङ्गी विवाहले मान्यता पाएको छ ।
 

रामपुर–९ का स्थानीय पञ्जीकाधिकारी एवं वडा सचिव मो युनुस खानले विवाह दर्ताका लागि चिनाकुमारी र ज्योतिले निवेदन दिएपछि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको परिपत्रका आधारमा विवाह दर्ता प्रमाणपत्र जारी गरिएको बताउनुभयो । 


समलिङ्गी विवाह दर्ता पहिलो पटक भएकाले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागसँग समन्वय गरेर गत आइतबार विवाह दर्ताको प्रमाणपत्र प्रदान गरिएको वडा सचिव खानले जानकारी दिनुभयो ।


चिनाकुमारी रामपुर–९ जब्गादी निवासी र ज्योति नवलपुर (नवलपरासी सुस्तापूर्व) बौदिकाली गाउँपालिका–१ मिथुकरम निवासी हुनुहुन्छ । चिनाकुमारी र ज्योतिले २०७८ असोज २९ गते परम्पराअनुसार पाल्पाको सिद्धबाबा मन्दिरमा विवाह गर्नुभएको हो । 


वडा कार्यालयमा विवाह दर्ता गरेपछि मात्रै कानुनी रूपमै उहाँहरु विवाह बन्धनमा बाँधिनुभएको छ । उहाँहरु दुवै जना महिला हुनुहुन्छ । चिनाकुमारी र ज्योति लामो समयदेखि प्रेम सम्बन्धमा रहेको बुझिएको छ । 


विवाह दर्ताको अस्थायी प्रमाणपत्रमा चिनालाई दुलहा र ज्योतिलाई दुलही उल्लेख गरिएको छ । दुवै जना वैदेशिक रोजगारीका क्रममा कतारमा हुनुहुन्छ । उहाँहरुले घर आएको समयमा विवाह दर्ता गराउनुभएको हो ।

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्