टुडिखेलमा जारी फुटबलमा क्वाटरफाइनल समिकरण पूरा, फाइनल शनिबार

पाेखरा | भदौ ६, २०८१

टुडिखेलमा जारी फुटबलमा क्वाटरफाइनल समिकरण पूरा, फाइनल शनिबार

पोखरा:      पोखराको पुरानो टुडिखेलमा जारी एमसी एण्ड वामे प्रिजेन्ट्स सेभेन ए साइड फुटबल प्रतियोगितामा क्वाटफाइनल समिकरण पुरा भएको छ । 

 

आयोजक कमिटीका प्रतिनिधि आकाश थपलियाका अनुसार एट टु नाइन टिम ‘बि’, आदर्श क्लब भण्डारढिक, सनराइज एफसी, क्लब डि, केआइइसी बुन, बगर युनाइटेड, मार्सल एफसी र कस्केरी टोल क्वाटरफाइलनमा प्रवेश गरेका छन् । 

 

उनका अनुसार पोखरा १ पुरानो टुंडिखेलमा शुक्रबार हुने पहिलो क्वाटरफाइनल खेल क्लब डि र मार्सलबीच हुनेछ ।

 

यस्तै दोस्रो खेल केआइइसी बुन र सनराइज सिमपानीबीच हुनेछ । तेस्रो खेलमा कस्केरी १ र आदर्श क्लब भण्डारढिकबीच प्रतिस्पर्धा हुनेछ ।

 

अन्तिम क्वाटरफाइनल खेलमा युनाइटेड बगर र एट टु नाइन टिम ‘बि’बीच प्रतिस्पर्धा हुनेछ ।
 

 

सेमिफाइनल र फाइनल खेल शनिबार हुने थपलियाले जानकारी दिए । उनका अनुसार गत १ गतेदेखि जारी प्रतियोगितामा कुल ६१ टिमको सहभागिता रहेको छ ।

 

सो प्रतियोगिताको  विजेताले नगद रु १ लाख, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । भने, उपविजेताललाई नगद रु ५० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ ।
 

मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् ।   रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...

थप पढ्नुहोस्

निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ ।    ...

थप पढ्नुहोस्

काठमाडौँ:    निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ ।    आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

थप पढ्नुहोस्