टुडिखेलमा जारी फुटबलमा क्वाटरफाइनल समिकरण पूरा, फाइनल शनिबार
पाेखरा | भदौ ६, २०८१
पोखरा: पोखराको पुरानो टुडिखेलमा जारी एमसी एण्ड वामे प्रिजेन्ट्स सेभेन ए साइड फुटबल प्रतियोगितामा क्वाटफाइनल समिकरण पुरा भएको छ ।
आयोजक कमिटीका प्रतिनिधि आकाश थपलियाका अनुसार एट टु नाइन टिम ‘बि’, आदर्श क्लब भण्डारढिक, सनराइज एफसी, क्लब डि, केआइइसी बुन, बगर युनाइटेड, मार्सल एफसी र कस्केरी टोल क्वाटरफाइलनमा प्रवेश गरेका छन् ।
उनका अनुसार पोखरा १ पुरानो टुंडिखेलमा शुक्रबार हुने पहिलो क्वाटरफाइनल खेल क्लब डि र मार्सलबीच हुनेछ ।
यस्तै दोस्रो खेल केआइइसी बुन र सनराइज सिमपानीबीच हुनेछ । तेस्रो खेलमा कस्केरी १ र आदर्श क्लब भण्डारढिकबीच प्रतिस्पर्धा हुनेछ ।
अन्तिम क्वाटरफाइनल खेलमा युनाइटेड बगर र एट टु नाइन टिम ‘बि’बीच प्रतिस्पर्धा हुनेछ ।
सेमिफाइनल र फाइनल खेल शनिबार हुने थपलियाले जानकारी दिए । उनका अनुसार गत १ गतेदेखि जारी प्रतियोगितामा कुल ६१ टिमको सहभागिता रहेको छ ।
सो प्रतियोगिताको विजेताले नगद रु १ लाख, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । भने, उपविजेताललाई नगद रु ५० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ ।
सुर्खेत: आफ्नै आमा ५० वर्षीय धनिकला बस्नेतको हत्या गरेको अभियोगमा भेरीगंगा नगरपालिका-१२ मसिनाटोल बस्ने ३० वर्षीय कबिराम बस्नेतलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । कबिरामले फरूवा प्रहार ...
चितवन: पहिरोका कारण अवरुद्ध नारायणगढ–सडक दुईतर्फी सञ्चालनमा आएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार अविरल वर्षासँगै आज बिहान ८ः४० बजे इच्छाका...
पोखरा: फाइनप्रिन्ट बुक्सको आयोजना र र्याण्डम रिडर्स सोसाइटीको सह–आयोजनामा पोखरामा बुधबार ’फाइनप्रिन्ट फिभर घुम्ती साहित्य उत्सव’ भएको छ । उत्सवमा ३ वटा स...

