पोखरामा फार्मेसीबाट किनबेच हुन्छ लागूऔषध !

पाेखरा | भदौ ७, २०८१

पोखरामा फार्मेसीबाट किनबेच हुन्छ लागूऔषध !

पोखरा:     पोखरामा लागूऔषध किनबेच गरेको आरोपमा फार्मेसी सञ्चालकसहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ । 


प्रहरीले बुधबार बिभुती फार्मेसीका सञ्चालक ४८ वर्षीय केदार अधिकारी र २७ वर्षीय बिजय पोख्रेललाई लागूऔषध किनबेचको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरिक्षक अविनाश दिप जिसीले जानकारी दिए । 

 पोखरामा लागूऔषध किनबेच गरेको आरोपमा पक्राउ परेका आरोपित


पोखरा महानगरपालिका–९ नयाँबजारमा शंकास्पद अवस्थामा हिडिरहेका २७ वर्षीय पोख्रेलको शरीर खानतलासी गर्दा उनले भिरेको झोलाबाट लागूऔषध बरामद गरेको प्रहरी निरीक्षक जिसीले बताए । 


‘पोखरा–९ नयाँबजारमा धादिङ निलकण्ड नगरपालिका घर भएका बिजय पोख्रेल शंकास्पद अवस्थामा हिडिरहेका थिए’, जिसीले भने, ‘रितपूर्वक पोख्रेलको शरीर खानतलासी गर्दा लागूऔषध (ट्यापेनडोल हाइड्रोक्लोराइड क्याप्सुल लेखेको १ सय २० चक्की फेला पारेपछि नियन्त्रणमा लिएका हौं ।’


पक्राउ परेका पोख्रेललाई सोधपुछ गर्दा लागूऔषध पोखरा–९ नयाँबजारस्थित बिभुती फार्मेसीबाट खरिद गरेको बयान दिएपछि उक्त फार्मेसीमा खानतलासी गर्दा ९० चक्की ट्यापेनडोल हाइड्रोक्लोराइड क्याप्सुल लेखेको लागूऔषध बरामद भएको उनले बताए । 


पक्राउ परेका फार्मेसी सञ्चालक अधिकारीलाई जिल्ला अदालत कास्कीबाट लागूऔषध मुद्धामा ९ र पोख्रेललाई १० दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ । 

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्