पोखरामा स्कुल बस दुर्घटना: चालक घाइते, ३ वटा ट्याक्सीमा क्षति

पाेखरा | भदौ ७, २०८१

पोखरामा स्कुल बस दुर्घटना: चालक घाइते, ३ वटा ट्याक्सीमा क्षति Photo: Sudarshan Ranjeet

पोखरा:  पोखरामा आज दिउँसो स्कुल बस दुर्घटना हुँदा चालक घाइते भएका छन् । 


पोखरा महानगरपालिका–१७ घारीपाटनस्थित हिमालय आँखा अस्पतालको भित्री सडक खण्डमा ग१ क ४६६१ नम्बरको स्कुल बस दुर्घटना हुदा बस चालक घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । 


बस दुर्घटना हुँदा  बस चालक स्याङ्जाको भिरकोट नगरपालिका–२ बयरघारी घर भई पोखरा–९ कृष्ण टोल बस्ने ५४ वर्षीय दलबहादुर गुरुङ घाइते भएका छन् । 


उनको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइते चालको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । 


चालकले नियन्त्रण गुमाउँदा नागढुङ्गास्थित न्यू मोडल सेकेण्डरी स्कुलको बस दुर्घटना भएको प्रहरीले जनाएको छ । बसमा २० जना विद्यार्थीहरु सकुशल रहेको बताइएको छ ।


बस दुर्घटना हुँदा पार्किङमा राखिएका ग १ ज २९३४, ग १ ज २२४१ र ग १ ज ४१८० नम्बरको ट्याक्सीमा क्षति पुगेको कास्की प्रहरीले जनाएको छ । 

पोखरा ।   उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ ।   पोखराको महेन्द्रपुलमा आज एक विशेष का...

थप पढ्नुहोस्

पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी च्याम्पियन बनेको छ ।   फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले उपाधि जितेको ह...

थप पढ्नुहोस्

चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ ।   कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

थप पढ्नुहोस्