रक्तदानमा ५० युनिट रगत संकलन
पाेखरा | भदौ ११, २०८१
पोखरा: श्रीकृष्ण प्राकट्य उत्सवको अवसरमा श्रीकृष्ण प्रणामी मन्दिर पोखरा ८ रत्नचोकमा आयोजित रक्तदानमा ५० युनिट रगत संकलन भएको छ ।
श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल जिल्ला समिति कास्कीको आयोजनामा श्रीकृष्ण प्रणामी मन्दिर परिषरमा आयोजित रक्तदान कार्यक्रममा ५० पिन्ट रगत संकलन भएको हो । नेपाल रेडक्रस सोसाइटी कास्कीका सभापति डण्डराज शर्माले पहिलो रक्तदाता मिलन केसीलाई ब्लड ब्याग हस्तान्तरण गरी शुरु भएको रक्तदान कार्यक्रममा ५० जनाले रक्तदान गरेका हुन ।
सो अवसरमा वोल्दै रेडक्रस सोसाइटी कास्कीका सभापति डण्डराज शर्माले विभिन्न संघ संस्थाहरुले आयोजना गरेको रक्तदान कार्यक्रमबाट रक्तसञ्चार केन्द्र पोखरामा कहिलेपनि रगतको अभाव नभएको बताए ।
विभिन्न विपत्तिका समयमा समेत रक्तसञ्चार केन्द्रमा रगतको अभाव नरहेको वताउदै उनले हरेक स्वस्थ ब्याक्तिले हरेक तीन महिनामा रक्तदान गर्न सकिने र पछिल्लो समय गण्डकी प्रदेश सरकारको सहयोगमा रक्तसञ्चार केन्द्रबाट निशुल्क रगत प्रदान गरिरहेको उनको भनाइ रहेको थियो ।
त्यस्तै श्रीकृष्ण प्रणामी सेवा समितिमा गत साउन १० देखी आयोजना भएको श्रीकृष्णवीतक एवं श्रीकृष्ण कथा प्रवचनका प्रमुख बाचक तुलसीस्वरुप महाराजले स्वास्थ्यनै धन भएकाले मानिसले स्वस्थ रहनका लागी समेत रक्तदान गर्न आवश्यक रहेको वताए । स्वस्थ मानिसले रक्तदान गरी रगत अभावमा परेका विरामीको उद्धार हुने भएकाले रक्तदान सेवा समेत रहेको उनको भनाइ रहेको थियो ।
सो अवसरमा बोल्दै श्रीकृष्ण प्रणामी सेवा समितिका अध्यक्ष मोहन प्रसाद ढकालले श्रीकृष्ण प्रणामी मन्दिरमा धार्मिक कार्यक्रममात्र नभइ विभिन्न सामाजिक कार्यक्रमहरु समेत हुदै आएको बताउदै आफुहरुले स्वास्थ्य शिविर, आँखा शिविर रक्तदान कार्यक्रमहरुलाई समेत निरन्तरता दिदै आइरहेको र सोही अनुरुप श्रीकृष्ण जन्माष्टमीको अवसर पारी श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल जिल्ला समितिको आयोजनामा रक्तदान कार्यक्रमको आयोजना गरिएको बताए ।
श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल जिल्ला समिति कास्कीको अध्यक्ष तोयानाथ सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा श्रीकृष्ण प्रणामी सेवा समितिका निवर्तमान अध्यक्ष पुरुषोत्तम रेग्मी, समितिका निवर्तमान सदस्य देवी प्रसाद खतिवडा, श्रीकृष्ण प्रणामी सेवा समिति कास्की जिल्ला अध्यक्ष लिलाम्बर सापकोटा, बाइजुराज महिला समितिका अध्यक्ष विष्णु पराजुली लगाएतले शुभकामना मन्तब्य राखेका थिएभने कार्यक्रमम पोखरा महानगरपालिका वडा नं ७ का निवर्तमान सदस्य दिनवन्धु पौडेल लगायतको उपस्थिती रहेको श्रीकृष्ण प्रणामी सेवा समितिका सचिव लक्ष्मण बरालले जानकारी दिए ।
मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा ४ मा अवस्थित पवित्र तीर्थस्थल कागबेनीमा बिहीबार चैत्र कृष्ण औँसीको तिथीमा पितृतर्पण गर्नेको भिड लागेको छ । काग खोला र कालीगण्डकीको तटमा अवस्थित क...
निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरुलाई प्रमाणपत्र वितरण गरेको छ । आयोगले बिहीवार एक कार्यक्रमकाबिच समानुपातिकतर्फका एक सय १० जना सांसदहरुलाई प्रमाणप...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यका लागि अभिमुखीकरण सुरु गरेको छ। दुईदिने सो अभिमुखीकरणमा सांसदलाई संसदीय अभ्यास, नीति निर्माण, संसद्को कार्यप्रणाली तथा जनप्रत...

