मिस मगर नेपालका अन्तिम प्रतिस्पर्धीहरु निट डेन्टल केयरमा

पाेखरा | भदौ ११, २०८१

मिस मगर नेपालका अन्तिम प्रतिस्पर्धीहरु निट डेन्टल केयरमा

पोखरा:    मिस मगर नेपाल २०२४ का अन्तिम प्रतिस्पधीहरुले निट डेन्टल केयरमा आफ्नो स्वस्थ दाँतको निम्ति दाँत र गिजाको जाँच तथा उपचार गरेका छन् ।


मिस मगर नेपाल कार्यक्रमका टिम संयोजक प्रियन्का गर्बुजा मगरले दन्त समस्याहरूको प्रारम्भिक पहिचान, व्यक्तिगत दन्त सल्लाह, आवश्यक उपचार र जीवनभर स्वस्थ रहनका लागि आवश्यक राम्रा बानीहरूको प्रोत्साहन गर्न कार्यक्रम समावेश गरेको बताईन् । 


प्रतिस्पर्धीहरुलाई डा. नितिका रन्जित र डा. जेनि आचार्यले दन्त जाँच तथा उपचार गरेकी थिईन् साथै निट डेन्टल केयर प्रा.लिका प्रबन्ध निर्देशक विरेन रानाले स्वस्थ रहने उपाय र सल्लाह सहित ग्रान्ड फिनालेको लागि अग्रिम शुभकामना व्यक्त गरे । 


हरेक वर्ष आयोजना हुँदै आएको यस वर्षको मिस मगर नेपाल २०२४ को शिर्ष प्रायोजन निट डेन्टल केयर प्रालिले गरेको छ ।  


एसटी क्रियसन म्यानेजमेन्ट प्रालिको आयोजना तथा नेपाल मगर संघ कास्कीको संरक्षकत्वमा हुँदै आएको सातौ संस्करणको मिस मगर नेपाल २०२४ को ग्राण्ड फिनाले भदौ २२ गते होटल पोखरा ग्राण्डमा हुनेछ । 


सातौ संस्करणको मिस मगर नेपालमा २० जना प्रतिस्पर्धीहरु मध्ये ११ जना फाइनल चरणमा प्रवेश गरेका हुन् । 


अहिले ११ जना प्रतिस्पर्धीहरुलाई विभिन्न तालिमहरु दिँदै आएको कार्यक्रम टिम संयोजक गर्बुजा मगरले जानकारी दिईन् । 


प्रतिस्पर्धीहरुलाई मगर मातृभाषा, कला, संस्कृतिहरुसँगै व्यक्तित्व तथा नेतृत्व विकास लगायतको तालिम तथा प्रशिक्षण भइरहेको छ । कार्यक्रमको मिडिया पाटर्नरमा फेवा टेलिभिजन, सुनगाभा न्यूज र मगर संसार फोटो ग्यालरी रहेको छ । 

निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ ।    ...

थप पढ्नुहोस्

काठमाडौँ:    निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ ।    आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

थप पढ्नुहोस्

काठमाडौँ:  चारदिने औपचारिक भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल आज जापान पुगेका छन् ।   उनलाई नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा जापानको विदेश मन्त्रालयका प्रमुख शिष्टाचार महापाल, नेपालका...

थप पढ्नुहोस्