उद्योग बाणिज्य संघमा तेस्रो पुस्ता
पाेखरा | भदौ १३, २०८१
पोखरा: पोखरा उद्योग बाणिज्य संघको कार्यसमिति सदस्य पदमा उम्मेदवारी दिएका सौगात थापा तेस्रो पुस्ता हुन् ।
पोखराको व्यवसायिक घराना अंशुभरा ग्रुपका प्रबन्ध निर्देशक थापा अघि कार्यसमितिमा तेस्रो पुस्ताको आगमन भएको देखिदैन । पहिलो र दोस्रो पुस्ताबाट अब नेतृत्व तेस्रो पुस्तामा रुपान्तरण भएको छ ।
प्रवन प्रजापति अध्यक्ष हुँदा कार्यसमितिमा मनोनित भएका सौगात तेस्रो पुस्ताका दरिला उम्मेदवार हुन् । सानै उमेर देखि जिम्मेबारी सम्हालेका सौगातले भाद्र २८ र २९ गते हुने उद्योग बाणिज्य संघको ३५ औं महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार अर्जुन पोखरेलको प्यानलबाट कार्यसमिति सदस्यमा उम्मेदवारी दिएका छन् ।
सौगात नयाँ पुस्ताका लागि उदाहरण हुन् । व्यवसायलाई परिमार्जित गर्दै गरिएको लगानीले समेत उनको व्यवसायिक आकार र आयतनमा फेरबदल ल्याएको छ । आजको आवश्यकता अनुसार बगैँचा रिर्सोट एण्ड स्पा रिनोभेसन हुँदैछ ।
३१ एभिन्युु नाम दिएर बन्दै गरेको मिक्सिड युुज ब्लिडिङले साच्चै पोखराको पर्यटन क्षेत्रमा महत्वपूर्ण टेवा पुग्ने विश्वास गरिएको छ ।
नेपालकै नमुना ब्लिडिङमा होटल सँगै अन्य लक्जरी सुविधा एउटै छानामुनि उपलब्ध गराउने लक्ष्यका साथ सौगात लगानी गर्दैछन् । लेकसाइड स्थित सेन्टरपोइन्टमा रहेको अंशुभरा स्क्वायर मलले समेत सौगातको सोचलाई फरकपन दिएको छ ।
पोखराको चिप्लेढुंगामा रहेको पोखरा टे«डमलको बोर्ड अफ डाइरेक्टर समेत रहेका सौगातले आफ्नै सक्रियतामा उक्त व्यवसायलाई समेत परिमार्जित रुप दिँदैछन् । अंशुभराले अटोमोबाइल, रियल स्टेट, हस्पिटालिटी र वित्तीय संस्थामा लगानी गरेको छ । अंशुभरा अब ब्राण्ड बन्दै छ । एउटै छानामुनि सबै खालको सुविधा उपलब्ध गराउने हेतुले खोलिएको उक्त कम्पनिमा धेरै आश्रित छन् ।
व्यवसाय सँगै सामाजिक कार्यमा समेत सौगातको सक्रियता पाइन्छ । पोखरा उद्योग वाणिज्य संघमा आबद्ध भई व्यवसायीको हक, हित र अधिकारका लागि आवाजलाई बुलन्द बनाउने बाटोमा उनको यात्रा अगाडि बढ्दैछ । पछिल्लो समय राजनीतिमा अब युवा भन्ने भाष्य स्थापित भएको छ ।
गएको निर्वाचनबाट युवाहरु सदनमा नै पुगेको देखिन्छ । सामाजिक संस्थामा समेत युवाहरुको नेतृत्वदायी भूमिका देखिन्छ । सौगात थापा पनि युवाहरुको प्रतिनिधित्व गर्दै उद्योग बाणिज्य संघको निर्वाचनमा होमिएका छन् ।
उद्यम, कृषि र पर्यटनलाई आत्मसात् गर्दै यस क्षेत्रमा युवाहरुलाई प्रवेश गराउने उद्देश्य सौगातको छ । भन्छन्, “पछिल्लो समय युवामा वितृष्णा आएको छ । सम्भावना हुँदाहुँदै पनि देश छाडेर परदेश गएका छन् ।
युवालाई स्वरोजगार गराउने उद्देश्य स्वरुप अर्जुन पोखरेलको प्यानल लागिरहेको छ । हामी कुरा होइन काम गर्नका लागि आएका हौं । निर्वाचित भइसकेपछि पोखरेली व्यवसायीको हितबमोजिम नै काम गर्छौं । यसमा हाम्रो टीम एकरुप भएर अगाडि बढ्छ ।”
बाणिज्य संघ अब युवाको नेतृत्वमा अगाडि बढ्दैछ । पोखरा उद्योग बाणिज्य संघको इतिहासमा नै पहिलो पटक तेस्रो पुस्ता कार्यसमिति सदस्य पदमा उम्मेदवारी दिएको भेटिन्छ ।
२०७१ सालमा सौगातका बुवा विन्दुकुमार थापाले उद्योग बाणिज्य संघको नेतृत्व सम्हालेका थिए । हाल उनी गण्डकी प्रदेश सरकारको सामाजिक विकास तथा स्वास्थ्य मन्त्री छन् । बुवाकै पथमा हिडिरहेका सौगात रुपान्तरणमा विश्वास गर्छन् ।
उद्योग बाणिज्य संघको साख जोगाउन र सम्पूर्ण व्यवसायीलाई एकीकृत गराई उनिहरुको समस्यालाई समाधान गर्न थापाको उम्मेदवारी हो । सौगातले यसअघि नै दुई वर्षे कालमा उद्योग बाणिज्य संघलाई नयाँ स्वरुप दिन खोजे ।
नयाँ पुस्ताको नयाँ सोचमा उद्योग बाणिज्य संघ चल्नुपर्छ भन्ने धारणा उनको छ । आर्थिक मन्दीले पोखराका व्यवसायीले भोग्नुपरेका समस्यालाई समाधान गर्न पहल गर्ने उद्देश्य सहित सौगात अगाडि बढिरहेका छन् । उनको एउटै ध्येय “सबल, सक्षम, सुदृढ र आत्मनिर्भर उद्योग बाणिज्य संघ” हो ।
पोखरा: नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले स्थापना गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा सामाजिक अभियान्ता सरिता गुरुङले आर्थिक सहयोग गरेकी छन् । सामाजिक क्षेत्रमा...
काठमाडौ: सरकारले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि नेपाली सेनालाई एक महिनाअघिबाट परिचालन गर्ने भएको छ। एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२ ले स्वीकृत गरेक...
मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् । रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...

