बसले ठक्करदिँदा पैदलयात्रुको मृत्यु

काभ्रेपलाञ्चोक | भदौ १४, २०८१

बसले ठक्करदिँदा पैदलयात्रुको मृत्यु सांकेतिक तस्वीर

काभ्रेपलाञ्चोक:    अरनिको राजमार्गअन्तर्गत काभ्रेको भुम्लु गाउँपालिका–१० स्थित ५६ किलो भन्ने स्थानमा यात्रुवाहक बसले बिहीबार साँझ ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । 


काठमाडौँबाट बाह्रबिसेतर्फ गइरहेको बा२ख ९०६४ नम्बरको बसले सडकमा हिँडिरहेकी  महिलालाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन् ।


सडक–बाटोमा मागी हिँड्ने ती महिलाको धुलिखेल अस्पतालमा उपचारका क्रममा चिकित्सकले गए राति मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका अनुसार नाम, वतन नखुलेकी ती महिलालाई ठक्कर दिने बसचालक सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–८ का ५१ वर्षीय रामबहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


यस्तै नमोबुद्ध नगरपालिका–६ की १३ वर्षीया बालिका खुसी न्यौपाने मृतावस्थामा फेलापरेकी छन् । बिहीबार अपराह्न घरबाट हराएको खबर पाएलगत्तै खोजीमा निस्किएको प्रहरीले दाप्चा खोलाको दहमा खुसीको शव फेला पारेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

 
 

पोखरा ।   उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ ।   पोखराको महेन्द्रपुलमा आज एक विशेष का...

थप पढ्नुहोस्

पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी च्याम्पियन बनेको छ ।   फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले उपाधि जितेको ह...

थप पढ्नुहोस्

चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ ।   कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

थप पढ्नुहोस्