बीमा रकम असुल्ने योजना विफल, आगो लगाएका पवन र सुजन जेल चलान

पाेखरा | भदौ १५, २०८१

बीमा रकम असुल्ने योजना विफल, आगो लगाएका पवन र सुजन जेल चलान

पोखरा महानगरपालिका ६ लेकसाइडस्थित आफ्नै पसलमा आगो लगाएका २ जना कारागार चलान भएका छन् ।

 

कास्की प्रहरीका अनुसार बीमा रकम दाबीका गर्न आफ्नै पसलमा आगजनी गरेको आरोप लागेका पोखरा महानगरपालिका–१७ का ३६ वर्षीय सुजन गहतराज र ४३ वर्षीय पवन नेपाललाई पूर्पक्षका लागि जेल चलान भएका हुन् ।

 

उनीहरुलाई जिल्ला अदालत कास्कीको आदेशानुसार शुक्रबार कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले बताए । 

 

उनका अनुसार ति दुई जनाले साउन १६ गते बिहान  नारेश्वरमा डा थानेश्वर पहारीको घर भाडामा लिएर गहतराजले सञ्चालन गर्दै आएको मुक्तिनाथ सपिङ सेन्टरमा आगो लगाएका थिए ।


पछि अनुसन्धानको क्रममा उनीहरूले नै बीमावापतको रकम असुल्नका लागि पसलमा आगजनी गरेको पुष्टि भएको थियो ।
    

अनुसन्धानका क्रममा हिमालयन एभरेस्ट इन्स्योरेन्स न्यूरोड शाखामा पसल सञ्चालकले २ करोड १० लाख बराबरको बीमा गरेको खुलेको थियो ।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्