पोखरामा ड्रग्ससहित अनिश पक्राउ

पाेखरा | भदौ १६, २०८१

पोखरामा ड्रग्ससहित अनिश पक्राउ

पोखरा:   जिल्ला प्रहरी कार्यालय कास्की तथा वडा प्रहरी कार्यालय रामबजारको सँयुक्ता टोलीले पोखरा १० इन्द्रमार्गबाट एक युवालाई लागुऔषधसहित पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेमा पोखरा महानगरपालिका १० इन्द्रमार्ग बस्ने २९ वर्षीय अनिश गुरुङ रहेका छन् ।

 

उनलाई आफ्नै कोठाबाट लुकाई राखेको ड्रग्सहित पक्राउ गरिएको कास्की प्रहरीका प्रवक्ता तथा डिएसपी बसन्त कुमार शर्माले जानकारी दिए । 

 

डिएसपी शर्माका अनुसार अनिशको कोठाबाट लागूऔषध डाइजापाम २३ एम्पुल, फेनेरागन ४१ एम्पुल, नुर्फिन ३३ एम्पुल र ब्रुफिन २२ एम्पुल गरी जम्मा ११९ एम्पुल र नाईट्रोभ्याट ३० चक्की, गाँजा ९ सय ७० ग्राम र डिजिटल तराजु १ थान बरामद गरिएको छ । 

 

पक्राउ परेका उनलाई कास्की जिल्ला अदालतबाट लागूऔषध सम्बन्धि मुद्दामा १५ दिन म्याद थप गरी अनुसन्धान अघि बढाइएको कास्की प्रहरीले जनाएको छ ।
 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्