फोनिज गण्डकीको मैत्रीपूर्ण खेल: सहयोगीप्रति आभार प्रकट

पाेखरा | भदौ १८, २०८१

फोनिज गण्डकीको मैत्रीपूर्ण खेल: सहयोगीप्रति आभार प्रकट

पोखरा:    नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीले मैत्रीपूर्ण खेलमा सहयोग गर्ने मुख्य प्रयोजक, संघसंस्था तथा व्यक्तिहरुलाई आभार प्रकट गरेको छ । 

 

फोनिज गण्डकीले रजत जयन्ती मनाउने क्रममा गत साउन २४ गते पत्रकारहरुबीच मैत्रीपूर्ण भलिबल र छेलो प्रतियोगिता राखेको थियो । सो प्रतियोगिता सम्पन्न गर्नका लागि सहयोग गर्नेहरुलाई खेल उपसमितिको बैठकले आभार प्रकट गरेको हो ।

 

प्रायोजक, विशेष सहयोगीलगायत अन्य व्याक्तिहरुबाट नैतिक, भौतिक र आर्थिक सहयोगले कार्यक्रम सफल भएको उपसमितिका संयोजक अर्जुन गाहा ‘सुशान्त’ मगरले बताए । सहयोगप्रति आभार व्यक्त गर्दै उनले आगामी दिनमा सहयोगी संस्थाहरुसँग दोहोरो सहयोग निरन्तर रहने विश्वास व्यक्त गरे । 

 

कार्यक्रममा एमपिजी सोलुसनले मुख्य प्रायोजकका रुपमा सहयोग गरेको थियो ।

 

पोखरा–१५ नयाँ गाउँमा रहेको सोलुसनले दृष्टिकोण, रणनीति, रचनात्मकतामा आधारित रहेर डिजिटल मार्केटिङको क्षेत्रमा काम गरिरहेको छ । 

 

डिजिटल क्षेत्रमा कुशल अनि विशेषज्ञताका साथ आधुनिक प्रचार वृद्धिमा काम गरिरहेको संस्थाको मुख्य प्रायोजनले कार्यक्रम सफल भएको फोनिज गण्डकीका अध्यक्ष रुद्र श्रीसमगरले जानकारी दिए ।

 

‘हामीलाई कार्यक्रम गर्नका लागि ठूलो आर्थिक सहयोगको आवश्यकता थियो । त्यही बेला एमपिजी सोलुसनले हृदय खोलेर सहयोग गर्नुभयो । यसका लागि कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनप्रसाद गुरुङलाई विशेष धन्यवाद्,’ उनले भने, ‘डिजिटल क्षेत्रमा काम गरिरहेको संस्थासँग एकोहोरो मात्र नभएर दोहोरो सहयोग रहन्छ । संस्थाले गरेका कामको प्रचार गर्नु हाम्रो पनि दायित्व हुन आउँछ ।’

 

प्रतियोगितामा प्रदेश खेलकुद परिषद् गण्डकीले मुख्य सहयोगीका रुपमा साथ दिएको थियो ।

 

 

परिषद्ले ट्रफि, मेडल, प्रमाणपत्र, साउण्ड सिस्टम र प्राविधिक सहयोग गरेको थियो ।

 

यस्तै कार्यक्रम सफल बनाउन पोखरा उद्योग वाणिज्य संघ, क्लब सिक्स्टिन, युनाइटेड क्लब पोखरा, कञ्चन डिपार्टमेन्टल स्टोर्स, प्रोमिनेन्ट एजुकेशन कन्सल्टेन्सी, प्याडल नेपाल, पोखरा फुडल्याण्ड, लामा अमृत फाउण्डेशन घान्द्रुक, मोनालिसा पुजा पसल, गुरुङ ग्राफिक्सले आर्थिक सहयोग गरेको थियो । भने, मञ्चका लागि पटवा टेन्ट हाउसले सहयोग गरेको थियो । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्।   चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...

थप पढ्नुहोस्

फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ।   तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो।   ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...

थप पढ्नुहोस्

पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ ।   पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

थप पढ्नुहोस्