बेदना सुनाउन पोखरा १५ मा तीज गीत प्रतियोगिता

माछापुच्छ्रे चौतारी आमा समूह प्रथम

पाेखरा | भदौ १९, २०८१

बेदना सुनाउन पोखरा १५ मा तीज गीत प्रतियोगिता

पोखरा महानगरपालिका वडा नं –१५ ले आयोजना गरेको तीज गीत प्रतियोगितामा माछापुच्छ्रे चौतारी आमा समूह प्रथम भएको छ ।

 

मंगलबार सम्पन्न प्रतियोगितामा वडाका २२ आमा समूहलाई पछि पार्दै माछापुच्छ्रे चौतारी आमा समूह प्रथम बनेको हो ।

 

प्रथम भएसँगै सो समूहले नगद रु २० हजार प्राप्त गर्याे ।

 

यस्तै चेतना कृषि आमा समूह दोस्रो बन्दै नगद रु १३ हजार ४ सय हात पार्याे । भने, जन जागृति आमा समूह तेस्रो स्थान हासिल गर्दै ९ हजार ४ सयको साथमा प्रमाणपत्र प्राप्त गरेको वडाध्यक्ष तोरण बाँनियाले जानकारी दिए । 

 

उनका अनुसार स्यानिमजुवा आमा समूह, स्यानिपाटन आमा समूह र कोलपाटन आमा समूहले सान्त्वना पुरस्कार प्राप्त गरे । उनीहरूले चार–चार हजार नगद र प्रमाणपत्र हात पारे भने, उत्कृष्ट नृत्यमा दुई जनाले तीन – तीन हजार प्राप्त गरे ।

 

निर्णायकहरूमा वडा नं १५ निवासी लोकप्रिय गायिका माया गुरुङ, सिता केसी, सिता देवी दुरा, बुद्धिमान दुरा (धम्पु) रहेका थिए । प्रतियोगिताको सञ्चालन गायक रामजी पौड्यालले गरेका थिए ।

 

सो प्रतियोगिताको उद्घाटन प्रमुख अतिथिसमेत रहेका गण्डकी प्रदेश प्रहरी प्रमुख डिआइजी दुर्गा सिंह चन्दले गरिन् । 

 

उनले समाजमा व्याप्त विभेद विरुद्ध महिलाहरू नै अगाडि सर्नुपर्ने भन्दै महिलाहरूले पनि विभेद नगरी आफू र आफ्नो समाजलाई अब्बल बनाउनुपर्ने धारणा व्यक्त गरेकी थिइन् ।

 

 

 

 


 

पोखरा ।  ताङतिङ दूधपोखरी तमु समाजको अध्यक्षमा पहिलोपटक महिला नेतृ चन्द्रमाया गुरुङ चयन भएकी छन् । समाजको दशौँ अधिवेशनले गुरुङको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । &nb...

थप पढ्नुहोस्

कर्णाली:   नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा बेहोस भए । बेहोसीमै कर्णाली प्रदेश अस्पताल पुर्‍याइएका उनको  मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सू...

थप पढ्नुहोस्

महेन्द्रनगर:  कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेका सामानसहित चार जना भारतीयलाई  पक्राउ गरेको छ ।      बेलौरी नगरपालिका–१ खल्लाबाट भन्सार छलेर नेपाल...

थप पढ्नुहोस्