पोउवासंघ महाधिवेशन: भ्रमित नहुन पोखरेल प्यानलको मतदातालाई आग्रह
पाेखरा | भदौ १९, २०८१
पोखरा: पोखरा उद्योग बाणिज्य संघको ३५ औं महाधिवेशनको सरगर्मी छ । अध्यक्षमा अर्जुन पोखरेल र गोकर्ण कार्की भिड्ने भएका छन् ।
यस्तैमा गोकर्ण कार्की र उपमहासचिव पदका उम्मेदवार सुदिप प्रधानाङ्गको फेसबुक पोस्टलाई लिएर अर्जुन पोखरेल प्यानलले विज्ञप्ती नै निकाली आपत्ति जनाएको छ ।
खासगरी पोखरेल प्यानलका ५ पदाधिकारी सहित ८ जना निर्विरोध भएपछी कार्की र प्रधानाङ्गले आफ्नै टीमको जसरी फेसबुकमा पोस्ट गरिएको सामाग्रीलाई तोडमोड गरि प्रचार गरेको प्रति पोखरेल समुहले आपत्ती जनाएको हो ।
टीमलाई भाड्न खोजिएको पोखरेल समुहको तर्क छ । विज्ञप्तीमा निर्विरोध भएका पदाधिकारीहरु उत्तममान बुद्दाचार्य (वरिष्ठ उपाध्यक्ष), दिनेशचन्द्र बास्तोला (उपाध्यक्ष,उद्योग), बलराम आचार्य (उपाध्यक्ष , वाणिज्य), शोभा गौतम (महासचिव) र मनोजकुमार श्रेष्ठ (कोषाध्यक्ष) ले हस्ताक्षर गरेका छन् ।

ूप्रजातान्त्रिक अभ्यास अनुसार चुनावी प्रक्रियालाई आत्मसात् गर्दै हामीले एउटा बलियो टीम गठन गरेको छौँ । हामीलाई निर्बिरोध निर्वाचित गराउन अथक प्रयास गर्नुहुने हाम्रो समुहका अध्यक्ष पदका उम्मेदवार अर्जुन पोखरेल, उपमहासचिव पदका उम्मेदवार बालकृष्ण कोइराला र अन्य साथीहरुप्रति आभार व्यक्त गर्दछौं ।ू, विज्ञप्तीमा भनिएको छ ।
अर्जुन पोखरेल प्यालनबाट निर्विरोध भएको जानकारी हुँदाहुँदै पनि आफ्नै टीमको जसरी गरि प्रतिस्पर्धी गोकर्ण कार्की र सुदिप प्रधानाङ्गले सामाजिक संजाल फेसबुकमा हाम्रो टीमले तयार पारेको बधाई तथा शुभकामनाका सामाग्रीलाई तोडमोड गरी आफ्नै टीमको जसरी प्रचार गरेकोमा हामी खेद प्रकट गर्दछौं भन्दै विज्ञप्तीमा उल्लेख गरिएको छ ।
निर्विरोध भएका ५ पदाधिकारीले हाम्रो फोटोलाई प्रयोग गरी सामाजिक संजालमा भ्रम फैलाउने प्रयत्न भईरहेको र भ्रममा नपर्न सम्पूर्ण साधारण सदस्यलाई आग्रह गरेका छन् । अर्जुन पोखरेल प्यानललाई अत्याधिक मतले विजयी गराउन उनीहरुको अनुरोध छ । आफुहरु निर्विरोध भए पनि टीम प्रति बफादार र प्रतिबद्ध रहेको उनीहरुको भनाई छ ।
काठमाडौं: नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज नवनियुक्त प्रधानमन्त्री शाहको उपस्थितिमा राष्ट्रपतिको कार्या...
काठमाडौ: राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति पौडेलले राष्ट्रपतिको कार्यालयमा आज आयोजित विशेष समारोहमा...
पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी खड्कराज पौडेल (गनेस) ले पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा संसदीय दलका नेता बालेन्द्र शाह बालेनको नेतृत्वमा बन्ने सरकारमा गनेस पौडेल...

