पोउवासंघ महाधिवेशन: भ्रमित नहुन पोखरेल प्यानलको मतदातालाई आग्रह
पाेखरा | भदौ १९, २०८१
पोखरा: पोखरा उद्योग बाणिज्य संघको ३५ औं महाधिवेशनको सरगर्मी छ । अध्यक्षमा अर्जुन पोखरेल र गोकर्ण कार्की भिड्ने भएका छन् ।
यस्तैमा गोकर्ण कार्की र उपमहासचिव पदका उम्मेदवार सुदिप प्रधानाङ्गको फेसबुक पोस्टलाई लिएर अर्जुन पोखरेल प्यानलले विज्ञप्ती नै निकाली आपत्ति जनाएको छ ।
खासगरी पोखरेल प्यानलका ५ पदाधिकारी सहित ८ जना निर्विरोध भएपछी कार्की र प्रधानाङ्गले आफ्नै टीमको जसरी फेसबुकमा पोस्ट गरिएको सामाग्रीलाई तोडमोड गरि प्रचार गरेको प्रति पोखरेल समुहले आपत्ती जनाएको हो ।
टीमलाई भाड्न खोजिएको पोखरेल समुहको तर्क छ । विज्ञप्तीमा निर्विरोध भएका पदाधिकारीहरु उत्तममान बुद्दाचार्य (वरिष्ठ उपाध्यक्ष), दिनेशचन्द्र बास्तोला (उपाध्यक्ष,उद्योग), बलराम आचार्य (उपाध्यक्ष , वाणिज्य), शोभा गौतम (महासचिव) र मनोजकुमार श्रेष्ठ (कोषाध्यक्ष) ले हस्ताक्षर गरेका छन् ।

ूप्रजातान्त्रिक अभ्यास अनुसार चुनावी प्रक्रियालाई आत्मसात् गर्दै हामीले एउटा बलियो टीम गठन गरेको छौँ । हामीलाई निर्बिरोध निर्वाचित गराउन अथक प्रयास गर्नुहुने हाम्रो समुहका अध्यक्ष पदका उम्मेदवार अर्जुन पोखरेल, उपमहासचिव पदका उम्मेदवार बालकृष्ण कोइराला र अन्य साथीहरुप्रति आभार व्यक्त गर्दछौं ।ू, विज्ञप्तीमा भनिएको छ ।
अर्जुन पोखरेल प्यालनबाट निर्विरोध भएको जानकारी हुँदाहुँदै पनि आफ्नै टीमको जसरी गरि प्रतिस्पर्धी गोकर्ण कार्की र सुदिप प्रधानाङ्गले सामाजिक संजाल फेसबुकमा हाम्रो टीमले तयार पारेको बधाई तथा शुभकामनाका सामाग्रीलाई तोडमोड गरी आफ्नै टीमको जसरी प्रचार गरेकोमा हामी खेद प्रकट गर्दछौं भन्दै विज्ञप्तीमा उल्लेख गरिएको छ ।
निर्विरोध भएका ५ पदाधिकारीले हाम्रो फोटोलाई प्रयोग गरी सामाजिक संजालमा भ्रम फैलाउने प्रयत्न भईरहेको र भ्रममा नपर्न सम्पूर्ण साधारण सदस्यलाई आग्रह गरेका छन् । अर्जुन पोखरेल प्यानललाई अत्याधिक मतले विजयी गराउन उनीहरुको अनुरोध छ । आफुहरु निर्विरोध भए पनि टीम प्रति बफादार र प्रतिबद्ध रहेको उनीहरुको भनाई छ ।
पर्वत: पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड मर्मत सुरु गरिएको छ । गण्डकी प्रदेशको राजधानी पोखरा जोड्ने मुख्य सडक बिग्रँदा यात्रु र सवारी चालकले सास्ती खेप्दै आएका थिए । सडक डिभिजन कार्यालय, पोखराले का...
गण्डकी: पोखरा महानगरपालिकाको १८औँ नगरसभाले पुस मसान्तसम्मको लागि तोकिएको कर छुटको समयावधिलाई आगामी चैत मसान्तसम्म बढाएको छ । राजस्व सङ्कलन प्रणालीमा आएको समस्याका कारण सेवाग्राही मर्कामा...
पोखरा: आज माघ महिनाको पहिलो दिन मनाइने माघे सङ्क्रान्ति पर्व पोखरामा पनि मनाइएको छ । देशभर नै स्नान, जप, तप,ध्यान साधना, दान आदी गरी माघे सङ्क्रान्ति मनाइँदै छ । पोखराको विभिन्न स्थानमा रहेक...

