लामाचौर कप भलिबल: पुरुषतर्फ गण्डकीलाई हराउँदै गलकोट तेस्रो

पाेखरा | भदौ २१, २०८१

लामाचौर कप भलिबल: पुरुषतर्फ गण्डकीलाई हराउँदै गलकोट तेस्रो

पोखरा:    गण्डकी प्रदेश भलिबल संघलाई ट्राभल इन्क्वाइरी गलकोटले सोझो सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गरेको छ । 


पोखराको लामाचौरमा जारी भलिबल प्रतियोगितामा तेस्रो स्थानको लागि भएको पुरुष तर्फको खेलमा  ट्राभल इन्क्वाइरी गलकोटले गण्डकी प्रदेश भलिबल संघलाई ३–० को सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गरेको हो ।


शुक्रबार भएको खेलमा गण्डकी प्रदेश भलिबल संघलाई २७–२५, २५–२२ र २५–२२ ले हराउँदै ट्राभल इन्क्वाइरी गलकोटले तेस्रो स्थान हासिल गरेको हो । 


तेस्रो भएको ट्राभल इन्क्वाइरी गलकोटले ५० हजार ११ रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । 


यस्तै महिलातर्फ गण्डकी प्रदेश भलिबल संघलाई ३–० को सोझो सेटमा हराउँदै एभरेष्टले तेस्रो स्थान हासिल गरेको हो । पहिलो सेट एभरेष्टले २५–१५ को जित निकाल्यो । दोस्रो सेटमा २५–२१ र तेस्रो सेटमा २५–१७ को जित निकालेको हो ।


तेस्रो बनेको एभरेष्टले ५० हजार ११ रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।


महिलातर्फ उपाधि भिडन्तमा टिपटप न्यु डायमण्ड युथ स्पोर्टस् क्बल र सशस्त्र प्रहरी बलको एपीएफ क्लब भिड्नेछन् । यस्तै पुरुषतर्फ उपाधिका लागि विभागीय दुई क्लब नेपाल पुलिस  र एपिएफ भिड्नेछन् । 

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्