उदाउँदो चन्द्रमालाई अघ्र्य दिँदै चौठचन्द्र पर्व सम्पन्न
महोत्तरी | भदौ २२, २०८१

महोत्तरी: महोत्तरी जिल्लासहित सम्पूर्ण तराई मधेसमा आज राति उदाउँदो चन्द्रमालाई अघ्र्य दिँदै चौठचन्द्र पर्व (चन्द्रमाको पूजा) सम्पन्न भएको छ ।
श्रद्धा र आस्थाका महान् पर्वका रुपमा मानिएको यो पर्व आज राति आकाशमा चन्द्रमा उदाएपछि चन्द्रमालाई विभिन्न वस्तुको अघ्र्य अर्पण गर्दै सम्पन्न भएको हो । यस पर्वलाई मिथिलाञ्चलको गाउँबस्तीमा चौरचन पर्वको नाउँले पनि सम्बोधन गरिन्छ ।
प्रत्येक घरका ज्येष्ठ महिलाले आज दिनभरि निराहार उपवास बसी राति चन्द्रमाको पूजाआजा गरेका छन् । यस पर्वमा फलफूल, मिठाई, दही, पूरी र खीर खाने चलन रहेको छ ।
यस पर्वका लागि तराई मधेसका सम्पूर्ण घर–घरमा केरा, स्याउ, नरिवल, अनार, अम्बा, नासपाती, मकै, निम्बु तथा विभिन्न प्रकारका मिठाई र दही दुई÷तीन दिनपहिले देखि नै जोहो गरेर राखिएको थियो भने आज घरका महिलाले दिनभरि घरघरमा पुरी, खीरलगायत वस्तुहरु पकाएर चन्द्रमा भगवान्लाई चढाउँदै पर्व सम्पन्न गरेका छन् ।
शुक्रबार साँझ पर्नासाथ घरका सबै सदस्य चन्द्रमा उदाउने प्रतीक्षामा व्यग्र भएर बसिरहेका थिए । चन्द्रमा उदाउनासाथ घरका महिलाले आँगनमा लिपपोत गरेर विभिन्न रङ्गोली बनाएर ल्याएका सबै सामग्री राखेर पूजाआजा गरेका छन् ।
महिलाले पूजा सकाएपछि घरका सबै सदस्यले पालैपालो आँगनमा राखिएको विभिन्न फल लिएर चन्द्रमालाई ढोग्ने र विभिन्न वर माग्ने गर्दछन् । त्यसपछि घरपरिवारका सबै सदस्यले आँगनमै बसेर प्रसाद ग्रहण गर्ने चलन छ ।
यस पर्वले घरका सबै सदस्यलाई एकै थलोमा जमघट गराउने र एकै साथ खाना खान लगाउने परम्पराले आपसी सम्बन्ध बलियो बनाउने भएकाले यो लोकप्रिय छ ।
पोखरा: गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले इस्लाम धर्मावलम्बीहरूको पवित्र पर्व ईद–उल–अज्हा (बकर इद)–२०८२ को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । आज एक शुभकामना सन्दे...
काठमाडौं: सरकारले भोलि (शनिवार) इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद (ईद–उल–अजहा) का दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सरकारले पर्वको शुभकामना सहित बिदा दिने निर्णय गरेको...
पोखरा: पोखरा महानगरपालिका १ मोहरिया टोलस्थित विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा शुक्रबारीय कार्यक्रम अन्तर्गत अंग्रेजी हिज्जे प्रतियोगिता सम्पन्न भएको छ । अंग्रेजी हिज्जे प्रतियोगितामा आधारभुत तहमा...