गण्डकीमा ‘बालबालिकासँग मुख्यमन्त्री’ कार्यक्रम हुँदै, पब्लिक फोरके टिभिले प्रत्यक्ष प्रशारण गर्ने
पाेखरा | भदौ २७, २०८१
पोखरा: ६०औं राष्ट्रिय बाल दिवसको अवसरमा गण्डकी प्रदेशमा ‘बालबालिकासँग मुख्यमन्त्री’ कार्यक्रम सञ्चालन हुने भएको छ ।
गण्डकी प्रज्ञा प्रतिष्ठानमा शुक्रबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे बालबालिकासँग मुख्यमन्त्री कार्यक्रममा सहभागी हुनेछन् ।
सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको आयोजना तथा प्रदेश बाल परिषद्को सहकार्यमा हुने कार्यक्रममा शुक्रबार बिहान ८ बजेदेखि सुरु हुनेछ ।
बालबालिकाको सवाललाई प्रदेश सरकारले कसरी लिएको छ ? अघिल्लो वर्ष भएका बाचाको वस्तुस्थिति र आगामी दिनमा बालबालिकालाई प्रदेश सरकारले हेर्ने दृष्टिकोणलाई स्पष्ट पार्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको मन्त्रालयकी महिला विकास अधिकृत देवी शर्माले जानकारी दिइन् । कार्यक्रममा बालबालिकाले आफुलाई लागेको प्रश्न वा जिज्ञासा मुख्यमन्त्रीलाई प्रत्यक्ष रुपमा राख्न सक्नेछन् ।
कार्यक्रममा प्रदेशभरबाट करिब एक सय बालबालिका सहभागी हुने शर्माले बताइन् । मन्त्रालयले यसअघि पनि उक्त कार्यक्रम गर्दै आएको छ । कार्यक्रमको प्रत्यक्ष प्रशारण पब्लिक फोरके टेलिभिजनले गर्नेछ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

