सुनास कास्कीको अध्यक्षमा सिरोज कोइराला निर्विरोध
काठमाडाैं | भदौ २९, २०८१
पोखरा: ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालसँग आवद्ध सुशासनका लागि नागरिक समाज (सुनास) कास्की, गण्डकीको अध्यक्षमा सिरोज कोइराला शुक्रबार निर्विरोध चयन भएका छन् ।
सुनासको १८ औं वार्षिक साधारणसभा तथा नवौं अधिवेशनले कोइरालाको नेतृत्वमा निर्विरोध दुई वर्षे कार्यकालको लागि नयाँ कार्यसमिति चयन गरेको हो ।
कार्यसमितिको उपाध्यक्षमा विष्णुप्रसाद अधिकारी, सचिवमा शान्तिकुमारी गुरुङ, सहसचिवमा विष्णुप्रसाद पौडेल र कोषाध्यक्षमा शिवहरि आचार्य निर्विरोध चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा मञ्जु गौतम, इन्दिरा भण्डारी, घनश्याम पौडेल र ईन्दिरा दाहाल रहेका छन् । बाँकी दुई सदस्य पछि कार्यसमितिले मनोनयन गर्नेछ ।
पूर्वअध्यक्ष तथा सल्लाहकार पूण्य पौडेलको संयोजकत्वमा गठित ३ सदस्यीय निर्वाचन समितिले निर्विरोध कार्यसमिति चयन गरेको हो । जसमा सदस्य भानु पराजुली र कुमारीमुना बाँस्तोला रहेका थिए ।
कार्यक्रमको उद्घाटन सत्रमा सचिव विष्णुप्रसाद अधिकारीले पेश गरेको प्रगति प्रतिवेदन र कोषाध्यक्ष शान्ति गुरुङले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन भेलाले पास गरेको थियो ।
नवनिर्वाचित कार्यसमितिलाई निर्वतमान अध्यक्ष रविन्द्र बाँस्तोला, कार्यक्रमका प्रमुख अतिथि सुनासका संस्थापक अध्यक्ष सुरेन्द्र थापा मगर, पूर्वअध्यक्ष चन्द्रकृष्ण कर्माचारी, संस्थाको कार्यकारी अधिकृत भानु पराजुली, पूर्वअध्यक्ष पूण्य पौडेलले नवनिर्वाचित कार्यसमितिलाई शुभकामना दिदैं संस्थाले गरेका कामका बारेमा चर्चा गरेका थिए ।
नवनिर्वाचित अध्यक्ष कोइरालाले प्रतिवद्धता मन्तव्य राख्दैं आगामी दिनमा अझै सशक्त ढंगले जनताको प्रत्यक्ष सरोकार राख्ने सरकारी निकायहरुमा हुने ढिलासुस्ती र भ्रष्टाचारका विषयमा संस्थाले काम गर्ने बताए ।
मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा ४ मा अवस्थित पवित्र तीर्थस्थल कागबेनीमा बिहीबार चैत्र कृष्ण औँसीको तिथीमा पितृतर्पण गर्नेको भिड लागेको छ । काग खोला र कालीगण्डकीको तटमा अवस्थित क...
निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरुलाई प्रमाणपत्र वितरण गरेको छ । आयोगले बिहीवार एक कार्यक्रमकाबिच समानुपातिकतर्फका एक सय १० जना सांसदहरुलाई प्रमाणप...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यका लागि अभिमुखीकरण सुरु गरेको छ। दुईदिने सो अभिमुखीकरणमा सांसदलाई संसदीय अभ्यास, नीति निर्माण, संसद्को कार्यप्रणाली तथा जनप्रत...

