कास्कीमा फरार ८६ जना अभियुक्त पक्राउ, चेक अनादरमा मात्रै ५२ जना

कनु मुद्धामा कति ?

पाेखरा | भदौ ३१, २०८१

कास्कीमा फरार ८६ जना अभियुक्त पक्राउ, चेक अनादरमा मात्रै ५२ जना

पोखरा:   कास्की प्रहरीले विभिन्न मुद्धामा दोषी करार भएका फरार ८६ जना अभियुक्तहरुलाई पक्राउ गरेको छ ।
 

 

भदौं महिनाभर कास्की जिल्ला अदालतबाट दोषी ठहर भएका ६३ जना पुरुष र २३ जना महिलालाई पक्राउ गरी अदालत बुझाइएको कास्की प्रहरीका प्रवक्ता तथा डिएसपी बसन्त कुमार शर्माले जानकारी दिए ।

 

उनका अनुसार जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले विभिन्न स्थानबाट पक्राउ गरिएको थियो ।
 

 

उनीहरुबाट ८ वर्ष १० महिना १ दिन कैद सजाय र रु.४६,४२,९०० (छ्यालिस लाख बयालिस हजार नौ सय) जरिवाना असुल गर्नका लागि अदालतमा उपस्थित गराइएको उनले बताए ।                                         
 

 

कनु मुद्धामा कति ?

 

१.    चेक अनादार मुद्दामा – ५२ जना

२.    लागू औषध मुद्दामा – ९ जना

३.    चोरी सम्बन्धी मुद्दामा – १ जना

४.    अपहरण तथा शरिर बन्धक मुद्दमा – १ जना

५.    हातहतियार तथा खरखजना मुद्दामा – १ जना

६.    नागरिकता तथा छाप दस्तखत किर्ते मुद्दामा– १ जना

७.    राष्ट्रिय वन क्षेत्रमा रुख कटान गरी फडानी गरेको मुद्दामा – २ जना

८.    बाल यौन दुरुपयोग मुद्दामा – २ जना

९.    बैंकिङ कसूर मुद्दामा – ६ जना

१०.    अभद्र व्यवहार मुद्दामा – ३ जना

११.    लेनदेन मुद्दामा – ३ जना

१२.    सवारी ज्यान मुद्दामा –२ जना

१३.    जालसाझी मुद्दामा – ३ जना
 

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्