नदीपुरमा क्लबस्तरीय भलिबल प्रतियोगिता, उपाधि राशी १ लाख ३० हजार

१२ टिम भिड्दै

पाेखरा | असोज २, २०८१

नदीपुरमा क्लबस्तरीय भलिबल प्रतियोगिता, उपाधि राशी १ लाख ३० हजार

पोखरामा आठौं सस्करणको खुल्ला क्लबस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । 

 

पोखरा भलिबल प्रशिक्षण केन्द्रको आठौं वार्षिकोत्सवको अवसरमा प्रतियोगिता आयोजना गरिएको पोखरामा आज आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो । 

 

पोखरा ३ नदीपुरस्थित छन्तयाल समाजको खेल मैदानमा यही असोज ९ देखि १३ गतेसम्म खुल्ला क्लबस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता आयोजना गरिएको प्रतियोगिता संयोजक मनोज खड्काले बताए । 

 

‘भलिबल खेलको विकाससँगै नयाँ खेलाडीको प्रतिभालाई प्रस्फुटन गर्नका लागि पोखरा भलिबल प्रशिक्षण केन्द्रको आठौ वार्षिकोत्सवको अवसरमा प्रतियोगिता आयोजना गरिएको हो’, संयोजक खड्काले भने, ‘प्रतियोगिता पोखरा भलिबल प्रशिक्षण केन्द्रको आयोजना र ए फोर ग्राफिक्स डिजाइन एण्ड प्रिन्टिङ प्रेसको सहआयोजनामा यही असोज ९ देखि १३ गतेसम्म पोखरा–३ नदीपुरस्थित छन्त्याल समाजको भलिबल कोर्टमा हुनेछ ।’

 

उनका अनुसार प्रतियोगितामा पुरुषतर्फका विजेताले नगद १ लाख ३० हजार, उपविजेताले ८० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

 

पुरुषतर्फ भलिबल प्रतियोगितामा सहभागिताको लागि एक टिमलाई ६ हजार ५ सय रुपैयाँ दर्ता शुल्क निर्धारण गरिएको छ । 

 

यस्तै महिलातर्फको विजेताले नगद ५० हजार  र उपविजेताले ३५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । महिला भलिबल प्रतियोगितामा सहभागिताको लागि एक टिमलाई ४ हजार ५ सय रुपैयाँ दर्ता शुल्क निर्धारण गरिएको छ । 

 

 

प्रतियोगितामा महिला तथा पुरुषतर्फ विधागतर्फ उत्कृष्ट खेलाडी, स्पाइकर, ब्लकर, डिफेण्डर, सेटर, सर्भर र प्रशिक्षकले पुरस्कार प्राप्त गर्नेछन् । 

 

उक्त प्रतियोगितामा पुरुषतर्फ कुनै पनि १ टिममा राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको सातौं,आठौं र नवौं प्रतियोगितामा सहभागितामा जनाएको ३ जना र महिलातर्फ २ जना मात्र खेलाडी समावेश गर्न पाउने प्रतियोगिता संयोजक खड्काले बताए ।  

 

उनका अनुसार पुरुषतर्फको खेल लिगकम नकआउट र महिलातर्फको खेल नकआउट सिस्टममा सञ्चालन गरिने छ ।

 

२०७३ सालमा स्थापना भएको पोखरा भलिबल प्रशिक्षण केन्द्रले नयाँ खेलाडी उत्पादनसँगै सामाजिक कार्यमा समेत काम गर्दै आएको छ ।

 

प्रशिक्षण केन्द्रले गतवर्ष मृगौला पीडित सुरज गुरुङलाई मृगौला प्रत्यारोपण तथा उपचारका लागि १लाख र मनकुमारी पुनलाई ब्लड क्यान्सर उपचारका लागि ३० हजार रुपैयाँ आर्थिक सहयोग गरेको जनाएको छ । 

 

प्रतियोगितामा १० लाख ३२ हजार रुपैयाँ खर्च हुने अनुमान रहेको आयोजकले जनाएको छ । प्रतियोगिता अवलोकन लागि दर्शकलाई दोस्रो दिनबाट टिकट दर कायम गरिने आयोजकले जनाएको छ । 


 

मकवानपुरः    मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्ताले  आक्रमण गर्दा एक जना प्रहरी सहायक निरीक्षक र आक्रमणकारीमध्येका एक जना घाइते भएका छन् ।   प्रहरीचौकी पदमप...

थप पढ्नुहोस्

पोखरा: गण्डकी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ पाँच लाख बढी मत प्राप्त गरेको छ । गण्डकी प्रदेशका ११ वटा जिल्लामा कुल १८ निर्वाचन क्षेत्रमध्ये प्रत्यक्षतर्फ १५ क्षेत्रमा विजयी बनेको पार्टीले समानुपा...

थप पढ्नुहोस्

कञ्चनपुरः  बझाङको बुँगलबाट डेढ वर्षअघि कञ्चनपुर झरेका ५६ वर्षीय शङ्कर लुहार परम्परागत आरन पेसाको भरमा परिवारको जीविका चलाउँदै आउनुभएको छ । शुक्लाफाँटा नगरपालिका–८ फुलेलीमा आरन सञ्चालन गर्दै उहाँल...

थप पढ्नुहोस्