लेकसाइडको सेन्टर प्वाइन्टमा ‘प्याराडाइज स्पा’ को नयाँ शाखा
पाेखरा | असोज २, २०८१
पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइडको सेन्टर प्वाइन्टमा प्याराडाइज स्पा एण्ड ब्युटी सलुनले नयाँ शाखा बिस्तार गरेको छ ।
पोखरा महानगरपालिका ६ स्थित अंशुभरा विल्डिङको दोस्रो तलामा प्याराडाइज स्पा एण्ड ब्युटी सलुनले दोस्रो शाखाको रुपमा गत सातादेखि सञ्चालनमा ल्याएको हो ।
रोशन लिम्बु नेतृत्वको युवा व्यवसायीहरुको सँयुक्त लगानीमा अत्याधुनिक सेवादिने उद्देश्यसहित स्पा सञ्चालनमा ल्याएको सञ्चालक लिम्बुले बताए ।
उनका अनुसार उक्त स्पाबाट मेडिकेयर, पेडिकेयर साथै सौन्दर्य कला लगायत विभिन्न किसिमका (फुट मजाज, बडि मसाज) मसाजहरुको सेवा प्रदान हुदैं आएको छ ।
साथै उक्त स्पामा ज्याकुजी, आइस थेरापी, साउना, स्टिम लगायतको सेवाहरुपनि प्रदान गर्ने तयारी भइरहेको लिम्बुले जानकारी दिए ।
‘हामीले केही समयमै ज्याकुजी, आइस थेरापी, साउना, स्टिम लगायतका सेवा दिने तयारीमा छौ, उनले भने, ‘त्यसका लागि चाइनाबाट सामान मगाएका छौं । करिब एक डेढ महिना जति लाग्न सक्छ ।’

दोस्रो शाखाको रुपमा सेन्टर प्वाइन्टमा आएको प्याराडाइजले विगत लामो समयदेखि हल्लनचोकबाट सेवा दिदैं आएको छ ।
उनले निकट भविष्यमा थप शाखाहरु बिस्तार गर्ने योजनासमेत रहेको बताए ।
मार्केटिङको क्षेत्रमा फरक पहिचान बनाएका लिम्बुले न्यूरोडमा र सृजनाचोकमा ड्रिमल्याण्ड फुडल्याण्ड तथा बगरमा ड्रिमल्याण्ड बारबरसप सञ्चालन गर्दै आएका छन् ।

पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

