रास्वपाद्वारा पहिलो महाधिवेशन घोषणा
काठमाडाैं | असोज ३, २०८१
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन विसं २०८२ वैशाख अन्तिममा हुने भएको छ ।
रास्वपाको काठमाडौँमा सम्पन्न राष्ट्रिय भेलाले वैशाख २५, २६ र २७ गतेका लागि महाधिवेशनको मिति घोषणा गरेको पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिनुभयो ।
उहाँका अनुसार पार्टी सभापति लामिछानेले केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा परिवर्तन गर्नुभएको छ ।
रास्वपाको गत साउनको १८ र १९ गते बसेको बन्द कार्यशाला बैठकले आगामी वैशाखको तेस्रो साता महाधिवेशन गर्न सुझाव दिएको थियो ।
पोखरा । ताङतिङ दूधपोखरी तमु समाजको अध्यक्षमा पहिलोपटक महिला नेतृ चन्द्रमाया गुरुङ चयन भएकी छन् । समाजको दशौँ अधिवेशनले गुरुङको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । &nb...
कर्णाली: नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा बेहोस भए । बेहोसीमै कर्णाली प्रदेश अस्पताल पुर्याइएका उनको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सू...
महेन्द्रनगर: कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेका सामानसहित चार जना भारतीयलाई पक्राउ गरेको छ । बेलौरी नगरपालिका–१ खल्लाबाट भन्सार छलेर नेपाल...

