पोखरा रंगशालामा आजदेखि 'लायन्स गभर्नर्स बाइक रेस'
पाेखरा | असोज ४, २०८१
लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जे नेपालको आयोजनामा नेपाल मै पहिलो पटक गभर्नर्स कप सुपरमोटो बाइक रेसिङ आजबाट सुरु हुदैंछ ।
आज र भोलि पोखरा रंगशालामा हुने प्रतियोगितामा नेपालका १६ जना राष्ट्रिय स्तरका बाइक रेसिङ खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन्।
डिष्ट्रिक्ट गभर्नर लायन मिलन थापाका अनुसार यो प्रतियोगिता नेपाल मै पहिलो पटक हुन लागेको हो।
समाज सेवामा लामो समयदेखि सक्रिय लायन्स क्लबले युवा सशक्तिकरण र मोटर स्पोर्टस् जस्ता साहसिक खेलको प्रवर्द्धन गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गरेको छ। यसले राष्ट्रिय खेलाडीहरुलाई अन्तर्राष्ट्रिय मञ्चमा पनि अघि बढ्न सहयोग पुर्याउने विश्वास छ।
प्रतियोगिताको सम्पूर्ण प्राविधिक व्यवस्थापन मोटर स्पोर्टस् नेपाल क्लबले गर्नेछ। प्रतियोगिताका लागि असोज ४ गते प्राक्टिस राउन्ड आयोजना हुनेछ भने असोज ५ गते मुख्य प्रतियोगिता हुनेछ। लायन्स डिष्ट्रिक्ट ३२५ जे का स्पोर्टस् चिफ लायन अनिल कुमार बरालका अनुसार यो प्रतियोगिताले नेपाली मोटर स्पोर्ट्सलाई नयाँ उचाईमा पुर्याउने अपेक्षा छ।
प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने खेलाडीहरुलाई कप र नगद पुरस्कार प्रदान गरिनेछ साथै प्रतियोगितामा सहभागी सबै खेलाडीहरुलाई मेडल र प्रमाण पत्र प्रदान गरिने जानकारी चिफ पिआरओ लायन रामराजा थापाले दिए। प्रतियोगिताको संयोजनमा लायन्स क्लब अफ काठमाडौं युनाईटेड स्टार्स र लायन्स क्लब अफ पोखराले प्रमुख भूमिका निर्वाह गरिरहेका छन्।
काठमाडौं । जेनजी मुभमेन्ट नेपालले गृहमन्त्री सुधन गुरुङमाथि लागेका गम्भीर आरोपहरूको निष्पक्ष छानबिनका लागि उनलाई तत्काल पदबाट बर्खास्त गर्न सरकारसँग माग गरेको छ। मुभमेन्टका प्रवक्ता विजय...
तनहुँ । गाउँ पर्यटनलाई आर्थिक उपार्जन र रोजगारीको मुख्य स्रोत बनाउने उद्देश्यका साथ तनहुँको बन्दिपुरमा ‘गाउँ पर्यटन मेला २०८३’ आयोजना हुने भएको छ । नेपाल पर्यटन बोर्ड...
पोखरा: ५ करोड बढीको कारोबार गर्दै १४ औं राष्ट्रिय हेमजा आलु महोत्सव शनिबार सकिएको छ । गत २७ चैतबाट सुरु उक्त महोत्सवको अन्तिम दिन शनिबारसम्म त्यहाँबाट ३६ लाख बढीको आलु बिक्री भएको छ...

