पोखरामा करिव ४२ लाखको च्याङ्ग्रा चोरी गरेको आरोपमा मोहम्मद पक्राउ

पाेखरा | असोज ८, २०८१

पोखरामा करिव ४२ लाखको च्याङ्ग्रा चोरी गरेको आरोपमा मोहम्मद पक्राउ

पोखरा:    पोखरामा च्याङ्ग्रा चोरी गरेको आरोपमा मोहम्मद फकिर पक्रा परेका छन्  । पोखराको ड्यामसाईडमा ट्रकमा लोड गरेको च्याङ्ग्रा लिएर फरार भएका मोहम्मदलाई प्रहरीले हिजो सोमबार पक्राउ गरेको हो । 


असोज १ गते मुस्ताङको वारागुरुङ मक्तिक्षेत्र गाउँपालिका–३ बस्ने ताक्ला गुरुङको घरगोठमा गई ल्याएको १ सय ३ वटा च्याङ्गासहित रुपन्देही शुद्धोधन गाउँपालिका–४ स्थायी घर भएका मोहम्मद ड्यामसाइडबाट फरार भएका थिए  । 


मुस्ताङबाट करिव ४२ लाखको च्याङ्ग्रा लिएर खरिद गछौं भनेर ड्यामसाइडको एक होटलमा गुरुङ सुतेको अवस्थामा मोहम्मद सहित ३ जना मिलेर च्याङ्ग्रा लिएर फरार भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । 


च्याङ्ग्रा लिएर फरार भएका मोहम्मदको खोजी गर्ने क्रममा पोखराबाट पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ । चोरी गरेको च्याङ्ग्रा मोहम्मदले पोखरा महानगरपालिका–२५ घट्टेखोलास्थितबाट अन्यत्र सवारीमा लोड गरी विक्री गरेको खुल्न आएको प्रहरीले जनाएको छ । 


पक्राउ परेका उनलाई जिल्ला अदालत कास्कीबाट ठगी अपराधिक विश्वासघात तथा आपराधिक लाइ सम्बन्धी कसूरमा ६दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

काठमाडौं:   रसुवामा आज गएको बाढीमा परेकामध्ये नौ जनाको शव फेला परेको छ । आज राति एकजनाको शव चितवनमा भेटिएसँगै मृत्यु हुनेको सङ्ख्या नौ पुगेको छ  । प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको पछिल्...

थप पढ्नुहोस्

पोखरा:  प्रदेश सरकारले गुरुङ र मगर भाषालाई समेत सरकारी कामकाजको भाषा बनाएको छ ।  गण्डकी प्रदेशमा अब नेपालीका साथसाथै गुरुङ र मगर भाषा पनि सरकारी कामकाज हुने छ ।  मङ्गलबारको बैठकबाट ...

थप पढ्नुहोस्

पोखरा: पोखरा महानगरपालिका वडा नं ३२ तल्लो गगनगौडामा मुख्य कार्यालय रही पोखरा महानगरपालिकाका वडा नं २९, ३०, ३१, ३२ र ३३ मा आफ्नो सेवा क्षेत्र बनाइ कृयाशिल गगनकालिका बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो ...

थप पढ्नुहोस्