पोखरामा करिव ४२ लाखको च्याङ्ग्रा चोरी गरेको आरोपमा मोहम्मद पक्राउ
पाेखरा | असोज ८, २०८१
पोखरा: पोखरामा च्याङ्ग्रा चोरी गरेको आरोपमा मोहम्मद फकिर पक्रा परेका छन् । पोखराको ड्यामसाईडमा ट्रकमा लोड गरेको च्याङ्ग्रा लिएर फरार भएका मोहम्मदलाई प्रहरीले हिजो सोमबार पक्राउ गरेको हो ।
असोज १ गते मुस्ताङको वारागुरुङ मक्तिक्षेत्र गाउँपालिका–३ बस्ने ताक्ला गुरुङको घरगोठमा गई ल्याएको १ सय ३ वटा च्याङ्गासहित रुपन्देही शुद्धोधन गाउँपालिका–४ स्थायी घर भएका मोहम्मद ड्यामसाइडबाट फरार भएका थिए ।
मुस्ताङबाट करिव ४२ लाखको च्याङ्ग्रा लिएर खरिद गछौं भनेर ड्यामसाइडको एक होटलमा गुरुङ सुतेको अवस्थामा मोहम्मद सहित ३ जना मिलेर च्याङ्ग्रा लिएर फरार भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
च्याङ्ग्रा लिएर फरार भएका मोहम्मदको खोजी गर्ने क्रममा पोखराबाट पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ । चोरी गरेको च्याङ्ग्रा मोहम्मदले पोखरा महानगरपालिका–२५ घट्टेखोलास्थितबाट अन्यत्र सवारीमा लोड गरी विक्री गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनलाई जिल्ला अदालत कास्कीबाट ठगी अपराधिक विश्वासघात तथा आपराधिक लाइ सम्बन्धी कसूरमा ६दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

