प्राडा पन्त आइएपिबीको ‘बोर्ड अफ ट्रस्टी’मा निर्वाचित
काठमाडाैं | असोज ९, २०८१
काठमाडौं: नेपाल नेत्रज्योति सङ्घका अध्यक्ष प्राडा चेतराज पन्त इन्टरनेसनल एजेन्सी फर प्रिभेन्सन अफ ब्लाइन्डनेस ९आइएपिबी०को ‘बोर्ड अफ ट्रस्टी’मा निर्वाचित हुनुभएको छ ।
‘अनलाइन’ मार्फत सम्पन्न मतदानको नतिजा मङ्गलबार सार्वजनिक गरिएको हो । आइएपिबीका विश्वभरका २५० भन्दा बढी सदस्य संस्थाहरु उक्त मतदान प्रक्रियामा सहभागी भएका थिए ।
विश्वभरिका आँखा स्वास्थ्य क्षेत्रमा काम गर्ने विभिन्न सङ्घसंस्थाहरुको छाता सङ्गठनका रुपमा रहेको आइएपिबीले अन्तर्राष्ट्रिय रुपमा आँखा स्वास्थ्यको क्षेत्रमा वकालत गर्दै आइरहेको छ ।
आँखा स्वास्थ्य क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय परोपकारी संस्थाहरू, आँखा अस्पतालहरू, शैक्षिक संस्थानहरू, व्यावसायिक सङ्घहरू र कर्पोरेट संस्थाहरू समेत आइएपिबीका सदस्य रहेका छन् ।
नेपाल नेत्रज्योति सङ्घ विगत एक दशकभन्दा लामो समयदेखि आइएपिबीको सदस्य रहँदै आएको छ । सङ्घ नेपालबाट अन्धोपन निवारण गर्ने उद्देश्यले गैरनाफामूलक संस्थाका रुपमा २०३५ साल चैत १३ गते स्थापना भई नेपाली जनताको आँखा स्वास्थ्य सेवामा अग्रणी भूमिका निर्वाह गर्दै आएको सामाजिक संस्था हो ।
सङ्घले नेपालका ७७ जिल्लामध्ये ६७ जिल्लामा आफ्नो स्थायी आँखा उपचार केन्द्रको स्थापना गरिसकेको छ । स्थापनादेखि हालसम्म सङ्घको सञ्जालमार्फत नेपाली नागरिक तथा अन्य विभिन्न देशका नागरिकहरु गरी कुल चार करोड ३६ लाख २६ जना आँखाका बिरामीहरुलाई उपचार सेवा प्रवाह गरिसकेको छभने ५१ लाख ३३ हजार ६५९ जनाको आँखाको शल्यक्रिया भइसकेको छ ।
हाल सङ्घअन्तर्गत देशभरमा २८ आँखा अस्पताल, १६० आँखा उपचार केन्द्र तथा ४४ जिल्ला शाखाहरू सञ्चालनमा छन् ।
पोखरा: रेवान पोखराको आयोजनामा जारी २७ औं पोखरा सडक महोत्सव अन्तर्गत मङ्गलबार डुङ्गा दौड प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा खुला र संस्थागत गरी दुई इभेन्टमा प्रतिस्पर्धा गराइएको थियो । खु...
पोखरा: तमु (गुरुङ) जातिले आज नयाँ वर्ष तथा सर्प वर्ग (सप्ह्री ल्हो) को अन्त्य भएर घोडा वर्ग (त ल्हो) को आरम्भ भएको अवसरमा धुमधामका साथ मनाउँदै गरेको तमु ल्होछार/ल्होसारको अवसरमा गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्ट...
काठमाडौं: गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर आज तमु ल्होसार पर्व मनाउँदैछन् । ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई &l...

