‘सुनौलो गण्डकी, समुन्नत गण्डकी’ विषयक अन्तरक्रियामा गुनासाका चाङैचाङ

पर्यटन र कृषि मुख्य प्राथमिकता: मुख्यमन्त्री पाण्डे

पाेखरा | असोज १३, २०८१

‘सुनौलो गण्डकी, समुन्नत गण्डकी’ विषयक अन्तरक्रियामा गुनासाका चाङैचाङ

एबीसी टेलिभिजनको १७ औं वर्ष शुभारम्भको अवसरमा गण्डकी ब्यूरोले पोखरामा ‘सुनौलो गण्डकी, समुन्नत गण्डकी’ विषयक बृहत अन्तरक्रिया सम्पन्न गरेको छ ।

 

गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको विशेष सहयोग, उद्योग तथा पर्यटन मन्त्रालय र पोखरा महानगरपालिकाको सहयोगमा ड्यामसाइडस्थित नेपाल पर्यटन बोर्डको सभाहलमा आज (आइतबार) बृहत संवाद कार्यक्रम गरेको हो ।

 

सो अवसरमा बोल्दै पोखरा पर्यटकीय राजधानी घोषणा भइसकेकाले थप विकासमा गण्डकी सरकारले पहल नगरेको केही सहभागिहरुले गुनासो गरे । 

 

‘पर्यटकीय राजधानी हुँदाहुँदै पनि विकासको मोडल के हो भन्ने थाहा छैन, टानका अध्यक्ष कृष्ण आचार्यले गुनासो गरे, ‘योजनालाई अक्षरश पालना र कार्यान्वयन कहिले हुन्छ ? सम्बनिधत निकायले कुरा मात्र गर्ने चाँसो नै नदिएर समुन्नत बन्छ त ?’

 

यस्तै अन्तरक्रियाको क्रममा नेपाल आदिवासी जनाजाति महासंघ प्रदेश समन्वय समिति गण्डकीका अध्यक्ष धर्म तमुले आदिवासीलाई पाखा लगाएर प्रदेश समुन्नत हुन नसक्ने तर्क राखे ।

 

‘गण्डकी प्रकृति र संस्कृतिमा धनि प्रदेश हो । हरेक तहमा समान सहभागिता हुनुपर्छ । के हामीलाई झाँकी र भेषभूषासहितको र्यालीका लागिमात्र हो डाक्ने ?, उनले प्रश्न गरे ।

 

 

कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जवाफिदै प्रदेशलाई सुनौलो र समुन्नत बनाउन सरकार लागिपरेको बताए । 

 

उनले पर्यटन र कृषिलाई मुख्य प्राथमिकतामा राखेर प्रदेशका कार्ययोजनाहरु अघि सारेको स्पष्ट पारे । ‘हामीले गण्डकीलाई आत्मनिर्भर र समुन्नत गण्डकी बनाउनका लागि सम्भावना भएअनुरुप दुइवटा क्षेत्र छन् । एउटा पर्यटन र अर्काे कृषि, मुख्यमन्त्री पाण्डेले भने, ‘अहिले गाउँबाट शहर झर्ने र शहरबाट विदेश पलायन हुने समस्या देखिएको छ । त्यसैले यसलाई सम्बोधन गर्ने भनेको पनि यही दुइवटै क्षेत्र हो । त्यसैले यसको क्षेत्रमा काम गरिरहेका छौं ।’

 

उनले कृषिलाई व्यवसायीकीकरण गर्दै कृषि उद्योगको रुपमा विकास गरेर विदेशीएका युवाशक्तिलाई रोक्न सकिने उनले बताए । 

 

‘कृषिलाई व्यवसायीकरण गरेर कृषि उद्योगको स्थापनामार्फत रोजगारीको अवसर सिर्जना गर्न सकियो भने युवाहरु देशमै अडिन्छन् र गण्डकीमा पर्यटनको आधारशिला तयार भइसकेको छ, यस क्षेत्रलाई पनि व्यापक प्रवद्र्धन गरेर थप चलायमान बनाउन सकियो भने अर्थतन्त्रमा वृद्धि हुन जान्छ, उनले भने, ‘त्यसैले अहिले हामीले यी दुई क्षेत्र कृषि र पर्यटनलाई मुख्य प्राथमिकतामा राखेर काम गरिरहेका छौं ।’

 

यस्तै गण्डकी प्रदेश संसदीय दल माओवादी केन्द्रकी प्रमुख सचेतक कुसुम बुढा मगरले महिलाको दृष्टिकोणमा सुनौलो गण्डकी समुन्नत गण्डकीको विषयमा धारणा राखिन् । 

 

उनले प्रदेशलाई समुन्नत बनाउनका लागि महिला सशक्तिकरणको जरुरी रहेको बताइन् । ‘प्रदेशलाई समुन्नत बनाउने हो भने महिलाको सशक्तिकरण र समान सहभागिता जरुरी छ, उनले भनिन्, ‘ अहिले बाध्यकारी क्षेत्रमा बाहेक अन्य क्षेत्रमा महिलाहरुको सहभागिता नगण्य छ । यसलाई वृद्धि गर्दै लैजानु पर्छ । किनभने यो एउटा सँघर्षको उपलब्धि हो ।’

 

सो कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. जगदिशचन्द्र पोखरेल, गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटा, नेपाल पर्यटन बोर्ड प्रदेश कार्यालय गण्डकीका प्रमुख कुन्दन मिस्रले कार्यपत्र प्रस्तुत गरेका थिए ।

 

 

 

 

 

 

पोखरा ।  ताङतिङ दूधपोखरी तमु समाजको अध्यक्षमा पहिलोपटक महिला नेतृ चन्द्रमाया गुरुङ चयन भएकी छन् । समाजको दशौँ अधिवेशनले गुरुङको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । &nb...

थप पढ्नुहोस्

कर्णाली:   नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा बेहोस भए । बेहोसीमै कर्णाली प्रदेश अस्पताल पुर्‍याइएका उनको  मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सू...

थप पढ्नुहोस्

महेन्द्रनगर:  कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेका सामानसहित चार जना भारतीयलाई  पक्राउ गरेको छ ।      बेलौरी नगरपालिका–१ खल्लाबाट भन्सार छलेर नेपाल...

थप पढ्नुहोस्