पोखरामा अवैध चाँदीका गरगहनासहित भारतीय नागरिक पक्राउ
पाेखरा | असोज १४, २०८१
पोखरा: पोखरामा अवैध चाँदीका गरगहनासहित भारतीय नागरिक पक्राउ परेका छन् ।
अवैध रुपमा चाँदीका गरगहना ओसारपोसार गरेको आरोपमा ३५ वर्षीय भारतीय नागरिक चन्द्र भुषण प्रसादलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी बसन्त कुमार शर्माले जानकारी दिए ।
‘अवैध रुपमा एक भारतीय नागरिकले चाँदीका गरगहना ओसारपोसार गरिरहेको गोप्य सूचना हामीलाई आएको थियो’, डीएसपी शर्माले भने, ‘हिजो पोखरा–३२ मजुवास्थित पृथ्वीराजमार्ग सडक खण्डमा सवारी साधन चेकजाँच गर्ने क्रममा पोखरातर्फ आउँदै गरेको मिनिबसमा सवार भारतीय नागरिक अवैध चाँदीका गरगहनासहित पक्राउ परेका हुन् ।’
पक्राउ परेका भारतीय नागरिकले करिव ६ केजी ६ सय ९० ग्राम चाँदीको प्रमाण खुल्ने कागजात (बिल) नभएपछि पक्राउ गरेको उनले बताए ।
उनका अनुसार पक्राउ पर्नेमा भारतको पुर्वी चम्पारण जिल्ला सुगौली थाना १० स्थायी घर भई पोखरा महानगरपालिका–९ नयाँबजार बस्ने चन्द्र भुषण प्रसाद छन् ।
प्रहरीले उनको साथबाट प्रहरीले चाँदीको जस्तो देखिने सेतो धातुको पाउजु १ सय ४० थान, झल्लार पाउजु १ सय ९२ थान, सादा पाउनु १ सय २५ थान, चन्द्रमा ५ थान, साडी पिन ११ थान, पाउजुको लक हुक ४ सय ९८ थान र १ थान मोबाईल सेट समेत बरामद गरेको छ ।
पक्राउ परेका भारतीय नागरिकलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि आन्तरिक राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको कास्की प्रहरीले जनाएको छ ।
निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरुलाई प्रमाणपत्र वितरण गरेको छ । आयोगले बिहीवार एक कार्यक्रमकाबिच समानुपातिकतर्फका एक सय १० जना सांसदहरुलाई प्रमाणप...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यका लागि अभिमुखीकरण सुरु गरेको छ। दुईदिने सो अभिमुखीकरणमा सांसदलाई संसदीय अभ्यास, नीति निर्माण, संसद्को कार्यप्रणाली तथा जनप्रत...
मध्यपूर्वमा युद्ध तीव्र बन्दै गर्दा संयुक्त अरब इमिरेट्सले अस्थायी रूपमा विमान उडान रोकेको घोषणा गरेको छ। दुबईमा मङ्गलबार बिहान विस्फोट सुन्न सकिएका थिए, जब देशका सैनिकहरूले इरानबाट आउने मिसाइल र ड्रोनलाई निशान...

