गलकोट स्पोर्टस क्लब बागलुङलाई क्लबस्तरीय भलिबलको उपाधि
पाेखरा | असोज १५, २०८१

पोखरा: पोखरामा सम्पन्न भएको आठौं संस्करणको क्लबस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फको उपाधि गलकोट स्पोर्टस क्लब बागलुङले जितेको छ ।
पोखरा भलिबल प्रशिक्षण केन्द्रले आयोजना गरेको आठौ संस्करणको खुल्ला क्लबस्तरीय भलिबल प्रतियोगिताको फाइनल खेलमा गलकोटले एपिएफलाई पराजित गर्दै उपाधि जितेको हो ।
छन्त्याल समाज कास्कीको भलिबल कोर्टमा आज भएको खेलमा सशस्त्र प्रहरी बलको एपिएफ मालेपाटनलाई ३–० को सोझो सेटमा पराजित गर्दै गलकोटले उपाधि जितेको हो ।
गलकोटले एपिएफलाई २५–१९, २५–२० र २५–२० ले पराजित गर्दै उपाधि जितेको हो । उपाधि जितेको गलकोटले १ लाख ३० हजार, उपविजेता भएको एपिएफले ८० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो ।
यस्तै आठौं संस्करणको क्लबस्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिताको उपाधि महिलातर्फ धादिङ स्पोर्टस् क्लबले जितेको छ ।
धादिङ स्पोर्टसले फाइनल खेलमा नदीपुर एफसीलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि चुमेको हो ।
छन्त्याल समाज कास्कीको भलिबल कोर्टमा आज (मंगलबार) भएको फाइनल खेलमा धादिङ स्पोर्टस क्लबले नदीपुर एफसीलाई पराजित गर्दै लगातार दोस्रो पटक उपाधि जितेको हो ।
धादिङले पहिलो सेट २५–१८ ले सहजै जितेपनि दोस्रो सेट २६–२८ ले गुमाएको थियो । दोस्रो सेटमा सुरुवातदेखि नै पछि परेको धादिङले उत्कृष्ट पूनरागमन गर्दै २४–२१ बनाएपनि सेट गुमाएको थियो ।
तेस्रो सेट २५–२० र चौथो सेट २५–२१ जित्दै धादिङले उपाधि जितेको हो ।
उपाधि जितेको धादिङले ५० हजार र उपविजेता भएको नदीपुर एफसीले ३५ हजार रुपैयाँ प्राप्त पुरस्कार प्राप्त ग¥यो ।
असोज ९ देखि १३ गतेसम्म सञ्चालन हुने भनिएको आठौं संस्करणको क्लबस्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता अविरल वर्षाका कारण दुई दिन स्थगित भएको थियो ।
पोखरा: इन्टरसिटी एडभेन्चर ट्राभल्स एण्ड टूर प्रालिले पोखराको छोरेपाटनबाट काठमाडौंसम्म अत्याधुनिक लग्जरी बस सेवा सुरु गरेको छ। पृथ्वी राजमार्ग बस व्यवसाय समितिका अध्यक्ष योगेन्द्र केसीले रिबन काटेर ...
कञ्चनपुर: गएराति देखिको अविरल वर्षाले डुबानमा पार्दा कृष्णपुर नगरपालिका–५ पवित्राबस्तीका आरती विकको चार जनाको परिवारलाई प्रहरीले सुरक्षित स्थानमा सारेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्...
कैलाली: गए रातिदेखिको अविरल वर्षा कारण धनगढी बजारलगायत आसपासका विभिन्न क्षेत्र आज जलमग्न भएका छन् । मुख्यगरी धनगढीको विशालनगर, मिलनचोक, शिवनगर, हसनपुर, क्याम्पस रोड, मालिका टोल, कृष्णनगर, प...