पद्मालाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी
पाेखरा | असोज २२, २०८१
पोखरा: गण्डकीका कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा जिसी श्रेष्ठले कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी पाएका छन् ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे भारत गएको बताउदै मुख्यमन्त्रीपछि पहिलो वरियतामा रहेकाले पाण्डेले पद्मालाई कार्यवाहक दिइएको हो ।
मुख्यमन्त्री पाण्डे गत १९ गते आफ्नो र पत्नीको उपचारका लागि भारत गएका हुन् ।
उनको घुँडामा समस्या भएकाले गत साउन १३ गते पनि भारत गएका थिए ।
उनी दशैंपछि मात्रै स्वदेश फर्कने सचिवालयले जनाएको छ ।
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले आफूहरू नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सँगको एकतामा सामेल नहुने घोषणा गर्नुभएको छ। आज यहाँ पत्रकार सम्मेलनको आयोजना...
म्याग्दी: म्याग्दीको मङ्गला गाउँपालिका–५ र बागलुङको ताराखोला गाउँपालिका–४ को सिमानामा रहेको तिनचुुलेको वराह तालमा प्रकृतिलाई खुसी पार्न तोरन तारिएको छ । म्याग्दीको अर्मन र बागलुङ...
तनहुँ: तनहुँको बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्ज्याङमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार ५८ वर्षीय खुसीमान गुरुङको कुटपिटबाट मृत्यु भएको हो । ...

