करेन्ट लागेर एकको मृत्यु, दुई घाइते

महोत्तरी | कात्तिक २, २०८१

करेन्ट लागेर एकको मृत्यु, दुई घाइते

महोत्तरी:    गौशालानगरपालिका– ३ पचाईन टोलमा आज करेन्ट लागेर एक किशोरीको मृत्यु भएको छ, भने दुई किशोरी घाइते भएका छन् । 


मृत्यु हुनेमा स्थानीय विहारी महतोकी छोरी १४ वर्षीया करिनाकुमारी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवालले बताउनुभयो ।

    
आज बिहान खेतमा धान काट्नका लागि दुई दिदीबहिनीसँग जाँदै गर्दा उनीहरुलाई करेन्ट लागेको थियो । स्थानीय विनोद महतोले जङ्गली जनाबरबाट बाली जोगाउन खेतमा लगाएको विजलीको नाङ्गो तारबाट उनीहरुलाई करेन्ट लागेको थियो । करिनाकुमारीको घटनास्थलमै मृत्यु भएको हो । 


बहिनी करिनालाई बचाउने क्रममा उनकी दिदी १८ वर्षीया राधाकुमारी र १४ वर्षीया विभाकुमारी महतो घाइते भएका छन् । उनीहरु दुवैको गौशालास्थित निजी क्लिनिकमा उपचार भइरहेको छ छ । हाल उनीहरु स्वास्थ्य अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।


खेतमा करेन्ट प्रवाह गर्ने विनोद उक्त घटनापछि सम्पर्कबिहीन छन् । मृतक करिनाको शव परीक्षणका लागि बर्दिबास अस्पतालमा पठाएको छ । घटनाबारे अनुसन्धान सुरु भइसकेको प्रहरीले जनाएको छ ।

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्