सहारा क्लब अष्ट्रेलियाको नेतृत्वमा सिद्धार्थ पौडेल
पाेखरा | कात्तिक ३, २०८१
पोखरा: सहारा क्लब अष्ट्रेलियाको साधारणसभा एवं विशेष अधिवेशनले सिद्धार्थ पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।
संस्थापक अध्यक्ष राजमान थकालीको हालै असामयिक निधनसँगै पद रिक्त थियो । सहारा क्लब पोखराका पूर्व सदस्य समेत रहेका सिद्धार्थ पौडेल पोखरा बाघमाराका हुन् ।
समिति उपाध्यक्षमा सन्तोष पाण्डे र पुस्कल थकाली चुनिए । सचिवमा जेसिका तामाङ, सहसचिवमा अनन्त गुरुङ, कोषाध्यक्ष कल्याण खड्का र सहकोषाध्यक्ष गौरव बराल चयन भएका छन् । कार्यसमिति सदस्यमा नीराजन श्रेष्ठ, रजनी गुरुङ, सूर्य खनाल र ईश्वर पहारी छन् ।
प्रवक्तामा मदन कोइराला र सहप्रवक्तामा अवानी पौडेल चुनिए । तास्मेनिया ज्ञानेन्द्र गौतम, पर्थ को–ण्अर्डिनेटर सुवास श्रेष्ठ, भिकटोरीया सज्जन शर्मा,क्विनलाईन रोमन शाही चयन भए ।
नवनिर्वाचित अध्यक्ष सिद्धार्थ पौडेलले सहारा अष्ट्रेलिया कपलाई निरन्तरता दिने तथा क्लबका राम्रा कार्यलाई अघि बढाउने प्रतिबद्धता जनाए ।
उनले सहारा क्लब अष्ट्रेलियालाई सिड्नीमात्र नभई अष्ट्रेलियाभर बिस्तार गर्ने योजना सुनाए । सहारा क्लब पोखराका विदेश शाखामध्ये अष्टे«लिया एक हो । सहाराले यसअघि सहारा हङकङ र सहारा युके बिस्तार गरिसकेको छ ।
फुटबलमार्फत सामाजिक सेवामा सक्रिय सहारा क्लब पोखराले सहारा फुटबल एकेडेमी एकेडेमी संचालन गरी आर्थिक स्थिति कमजोर तथा कठिन परिस्थितिका बालकहरुलाई आवासीय सुविधासहित शिक्षा, दीक्षा र फुटबल प्रशिक्षण दिँदै आएको छ ।
मुस्ताङ: प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिर दर्शन गरेर वैकल्पिक मार्ग हुँदै माथिल्लो मुस्ताङ जान सकिने गरी यहाँको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका १, २ र ३ नम्बर वडा जोड्ने (मुक्तिनाथ–तेताङ) चक्रप...
काठमाडौं: आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवारले गर्ने खर्चको सीमा तोकिएको छ । निर्वाचन आयोगले सुगम मानिएका जिल्लाका हकमा र दुर्गम मानिएका जिल्लाका हकमा फरकफरक खर्...
पोखरा: शिव शक्ति क्याम्पस सञ्चालक समितिका नवनिर्वाचित अध्यक्ष टुवराज बास्तोला ‘विशाल’ ले शिव शक्तिमा पढ्ने विद्यार्थीलाई रोजगारीको ग्यारेन्टी हुने बताएका छन् । दोस्रो कार्यकालको लागि अध्यक्षमा निर्वा...

