१६ कैदीबन्दी स्थानान्तरण
चितवन | कात्तिक ५, २०८१
सांकेतिक तस्वीर
चितवन: कारागार कार्यालय चितवनमा रहेका कैदीबन्दीमध्ये १६ जनाको स्थानान्तरण गरिएको छ । कागारमा क्षमताभन्दा बढी कैदीबन्दी भएपछि उनीहरुलाई स्थानान्तरण गरिएको हो ।
कार्यालयका सूचना अधिकारी चेतनाथ ढुङ्गानाका अनुसार स्थानान्तरण गरिएकामध्ये आठजनालाई रसुवा, पाँचजनालाई काठमाडौँ, दुईजनालाई डिल्लीबजार र एकजनालाई तनहुँ स्थानान्तरण गरिएको हो ।
उनीहरुमध्ये ६ जनालाई स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारका लागि काठमाडौँ स्थानान्तरण गरिएको होभने अन्यलाई उनीहरुको इच्छाअनुसार स्थानान्तरण गरिएको उहाँले जानकारी दिनुभयो ।
यहाँ सङ्घीय भरतपुर अस्पताल, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, दुई ठूला मेडिकल कलेज र अन्य साना अस्पतालहरुमा विशेषज्ञ सेवासहितको सुविधा पाउने भएकाले यस कारागारमा अन्य जिल्लाहरुबाट समेत कैदीबन्दी आउने हुँदा चाप बढेको हो ।
दुई सय ८० जनाको क्षमता रहेको कारागारमा अहिले सात सय ८४ जना कैदीबन्दी रहेका छन् । २५ जनाको क्षमता रहेको महिला बन्दीगृहमा ४५, उनीहरुसँग आश्रित तीन बालबालिका र दुई सय ५५ जनाको क्षमता रहेको पुरुष बन्दीगृहमा सात सय ३३ जना रहेका छन् ।
यस कारागारमा नवलपरासी (बर्दघाट–सुस्ता पूर्व)मा कारागार नहुँदा त्यहाँबाट समेत कैदीबन्दी ल्याइने हुँदा यहाँ क्षमताभन्दा बढी कैदीबन्दी हुने गरेका छन् ।
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...
पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

