तेस्रो पोखरा अन्तर्राष्ट्रिय पर्वतीय क्रस–कन्ट्री दौड प्रतियोगिता हुँदै

काठमाडाैं | कात्तिक ५, २०८१

तेस्रो पोखरा अन्तर्राष्ट्रिय पर्वतीय क्रस–कन्ट्री दौड प्रतियोगिता हुँदै

काठमाडौं:    पर्यटन प्रवद्र्धनार्थ तेस्रो पोखरा अन्तर्राष्ट्रिय पर्वतीय क्रस–कन्ट्री दौड प्रतियोगिता आयोजना हुने भएको छ । 


हिमालयन टुरिजम फोरमले यही कात्तिक २४ गते दौड प्रतियोगिता आयोजना गर्न लागिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

    
‘रन फर कमन प्रोस्पेरिटी’ भन्ने नाराका साथ आयोजना हुने प्रतियोगितामा नेपाल र छिमेकी मुलुक चीनका खेलाडीहरूले सहभागीता जनाउनेछन् । प्रतियोगिताले पर्यटन प्रवद्र्धनका साथै पोखरा अन्तराष्ट्रिय विमानस्थलको सञ्चालनमा समेत सहयोग पु¥याउने र नेपाल–चीन बीचको सम्बन्धलाई थप सुदृढ बनाउँदै लैजाने विश्वास लिइएको छ ।

   
दौड तालिकाअनुसार कात्तिक २२ गते खेलाडीको आगमन, कात्तिक २३ गते खेलाडीका दर्ता र आवश्यक सामग्रीहरू वितरण तथा कात्तिक २४ गते प्रतियोगिताको उद्घाटन गरिनेछ ।

     
हिमालयन टुरिजम फोरमका मिडिया संयोजक ई प्रतिक राज पहारीले चिनियाँ खेलाडीहरूका लागि सात नोभेम्बरमा चीनको कुनमिङबाट पोखरासम्म अन्तर्राष्ट्रिय चार्टर उडानको व्यवस्था गरिनेछ । 


उहाँका अनुसार प्रतियोगितामा टिम समूह ३० मिश्रित टिममा ९० खेलाडीहरू हुनेछन् । जसमा १० चिनियाँ टाली र २० नेपाली टोली हुनेछन् । खेलाडीहरूले ५० किलोमिटरको दूरीमा ट्रेल रनिङ, साइकलिङ र रोइङ गर्नुपर्नेछ । 


दौडका क्रममा खेलाडीले कुल दुई हजार २५८ मिटर उचाई पार गर्नेछन् । विदेशी नागरिकका लागि दर्ता शुल्क, प्रति टिम रु २२ हजार नौ सय २० तोकिएको छ ।

    
च्यालेन्ज इन्डिभिजुअल समूह प्रतियोगितामा करिब दुई सय खेलाडी (जसमा ८० चिनियाँ खेलाडीहरू र एक सय २० नेपाली खेलाडीहरू) ५० किलोमिटरको ट्रेलमा दुई हजार ३६६ मिटरको कुल उचाइ पार गर्नेछन् । 


विदेशी नागरिकका लागि दर्ता शुल्क प्रतिव्यक्ति रु नौ हजार पाँच सय ५० तोकिएको छ । यस्तै विद्यार्थी दौडमा पाँच किलोमिटरको दौडमा पाँचसय खेलाडीहरूले सहभागिता जनाउनेछन् ।

     
ह्याप्पी रन समूह प्रतियोगितामा दुई किलोमिटर दौडमा पाँच सय खेलाडीले प्रतिस्पर्धा गर्ने संस्थाले विज्ञप्तिमार्फत जनाएको छ । टिम समूहमा शीर्ष पाँच टोलीले नागद पुरस्कार, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । 


प्रथम हुनेलाई रु चार लाख ५८ हजार चार सय, दोस्रो हुनेलाई तीन लाख ४३ हजार आठ सय, तेस्रो हुनेलाई दुई लाख २९ हजार दुई सय, चौथोलाई एक लाख ५२ हजार आठ सय र पाँचौँ लाई ९५ हजार पाँचसय नगद पुरस्कारको व्यवस्था रहेको जनाइएको छ ।

     
अन्तर्राष्ट्रिय स्तरको यस प्रतियोगितालाई सफलता पूर्वक सम्पन्न गर्न नेपालस्थित चिनियाँ राजदूतावास, नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका र हिमालयन टुरिजम फोरम आयोजक रहनेछन् । 

काठमाडौं:   प्रधानमन्त्री केपी शर्मा ओलीले दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मङ्सिरभित्र सम्पन्न गर्ने गरी चुस्त र प्रभावकारी तयारी गर्न युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्को नेतृत्वलाई निर्दे...

थप पढ्नुहोस्

काठमाडौं:  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्र्तगतको स्वास्थ्य सेवा विभागले देशका सातै प्रदेशमा रेविज विरुद्धको भ्याक्सिन तथा सर्पदंश उपचारमा प्रयोग हुने औषधि आपूर्ति गरेको छ । विभाग अन्र्तगतको व्यवस्थापन मह...

थप पढ्नुहोस्

काठमाडौं:   मुलुकभर परेकोे अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट देशभरका आठ राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार गएरातिदेखि परेको अविरल वर्षाका कारण देशभरका आठ मु...

थप पढ्नुहोस्