गण्डकीको मन्त्रीपरिषदले पायो पूर्णता, वनमन्त्री पौडेलले लिए शपथ
पाेखरा | कात्तिक ५, २०८१
तस्बिर: प्रदेश प्रमुख डिल्लीराज भट्टज्यूको सचिवालय
पोखरा: गण्डकी प्रदेशका नविनयुक्त वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेलले पद तथा गोपनियताको शपथ लिएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले आज उनलाई शपथ गराए ।
यो सँगै गण्डकी सरकारले पूर्णता पाएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आजै सरकार विस्तार गरेका हुन् । लामो समयदेखि खाली रहेको वन तथा वातावरण मन्त्रालयमा लमजुङका पौडेललाई ल्याइएको हो ।
पौडेल लमजुङ कांग्रेसका निवर्तमान सभापति हुन् । उनी पार्टीभित्र शेखर समूहमा छन् । पार्टीभित्रबाट भागबन्डा लगाउँदा १ कम्तीमा १ जना मन्त्री शेखर समूहले पाउनुपर्ने दाबी थियो । मुख्यमन्त्री पाण्डेले लामो आलटालपछि पौडेललाई मन्त्रीमा नियुक्त गरेका हुन् ।
भौतिक मन्त्रालयबाट राजीव गुरुङ उर्फ दीपक मनाङेलाई वन मन्त्रालयको जिम्मेवारीमा सारेपछि उनले तत्कालै राजीनामा दिएका थिए ।
भागबन्डा मिलाउन ७ मन्त्रालयबाट ९ बनाएपछि कांग्रेसको भागमा परेको ५ मन्त्रालयभित्रबाट भदौ १७ गते मुख्यमन्त्री पाण्डेले मनाङेलाई मन्त्रीमा निरन्तरता दिएका थिए ।
पोखरा: नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले स्थापना गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा सामाजिक अभियान्ता सरिता गुरुङले आर्थिक सहयोग गरेकी छन् । सामाजिक क्षेत्रमा...
काठमाडौ: सरकारले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि नेपाली सेनालाई एक महिनाअघिबाट परिचालन गर्ने भएको छ। एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२ ले स्वीकृत गरेक...
मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् । रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...

