तेस्रो पोखरा अन्तर्राष्ट्रिय पर्वतीय क्रस–कन्ट्री दौड प्रतियोगिता हुँदै

काठमाडाैं | कात्तिक ५, २०८१

तेस्रो पोखरा अन्तर्राष्ट्रिय पर्वतीय क्रस–कन्ट्री दौड प्रतियोगिता हुँदै

काठमाडौं:    पर्यटन प्रवद्र्धनार्थ तेस्रो पोखरा अन्तर्राष्ट्रिय पर्वतीय क्रस–कन्ट्री दौड प्रतियोगिता आयोजना हुने भएको छ । 


हिमालयन टुरिजम फोरमले यही कात्तिक २४ गते दौड प्रतियोगिता आयोजना गर्न लागिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

    
‘रन फर कमन प्रोस्पेरिटी’ भन्ने नाराका साथ आयोजना हुने प्रतियोगितामा नेपाल र छिमेकी मुलुक चीनका खेलाडीहरूले सहभागीता जनाउनेछन् । प्रतियोगिताले पर्यटन प्रवद्र्धनका साथै पोखरा अन्तराष्ट्रिय विमानस्थलको सञ्चालनमा समेत सहयोग पु¥याउने र नेपाल–चीन बीचको सम्बन्धलाई थप सुदृढ बनाउँदै लैजाने विश्वास लिइएको छ ।

   
दौड तालिकाअनुसार कात्तिक २२ गते खेलाडीको आगमन, कात्तिक २३ गते खेलाडीका दर्ता र आवश्यक सामग्रीहरू वितरण तथा कात्तिक २४ गते प्रतियोगिताको उद्घाटन गरिनेछ ।

     
हिमालयन टुरिजम फोरमका मिडिया संयोजक ई प्रतिक राज पहारीले चिनियाँ खेलाडीहरूका लागि सात नोभेम्बरमा चीनको कुनमिङबाट पोखरासम्म अन्तर्राष्ट्रिय चार्टर उडानको व्यवस्था गरिनेछ । 


उहाँका अनुसार प्रतियोगितामा टिम समूह ३० मिश्रित टिममा ९० खेलाडीहरू हुनेछन् । जसमा १० चिनियाँ टाली र २० नेपाली टोली हुनेछन् । खेलाडीहरूले ५० किलोमिटरको दूरीमा ट्रेल रनिङ, साइकलिङ र रोइङ गर्नुपर्नेछ । 


दौडका क्रममा खेलाडीले कुल दुई हजार २५८ मिटर उचाई पार गर्नेछन् । विदेशी नागरिकका लागि दर्ता शुल्क, प्रति टिम रु २२ हजार नौ सय २० तोकिएको छ ।

    
च्यालेन्ज इन्डिभिजुअल समूह प्रतियोगितामा करिब दुई सय खेलाडी (जसमा ८० चिनियाँ खेलाडीहरू र एक सय २० नेपाली खेलाडीहरू) ५० किलोमिटरको ट्रेलमा दुई हजार ३६६ मिटरको कुल उचाइ पार गर्नेछन् । 


विदेशी नागरिकका लागि दर्ता शुल्क प्रतिव्यक्ति रु नौ हजार पाँच सय ५० तोकिएको छ । यस्तै विद्यार्थी दौडमा पाँच किलोमिटरको दौडमा पाँचसय खेलाडीहरूले सहभागिता जनाउनेछन् ।

     
ह्याप्पी रन समूह प्रतियोगितामा दुई किलोमिटर दौडमा पाँच सय खेलाडीले प्रतिस्पर्धा गर्ने संस्थाले विज्ञप्तिमार्फत जनाएको छ । टिम समूहमा शीर्ष पाँच टोलीले नागद पुरस्कार, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । 


प्रथम हुनेलाई रु चार लाख ५८ हजार चार सय, दोस्रो हुनेलाई तीन लाख ४३ हजार आठ सय, तेस्रो हुनेलाई दुई लाख २९ हजार दुई सय, चौथोलाई एक लाख ५२ हजार आठ सय र पाँचौँ लाई ९५ हजार पाँचसय नगद पुरस्कारको व्यवस्था रहेको जनाइएको छ ।

     
अन्तर्राष्ट्रिय स्तरको यस प्रतियोगितालाई सफलता पूर्वक सम्पन्न गर्न नेपालस्थित चिनियाँ राजदूतावास, नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका र हिमालयन टुरिजम फोरम आयोजक रहनेछन् । 

पोखरा ।   उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ ।   पोखराको महेन्द्रपुलमा आज एक विशेष का...

थप पढ्नुहोस्

पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी च्याम्पियन बनेको छ ।   फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले उपाधि जितेको ह...

थप पढ्नुहोस्

चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ ।   कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

थप पढ्नुहोस्