गैह्रापाटनका डाक्टर कोइराला लागुऔषधसहित पक्राउ
पाेखरा | कात्तिक १२, २०८१
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले १ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका ४ गैह्रापाटन बस्ने २७ वर्षीय डा. शास्वत कोइराला रहेका छन् ।
कास्की प्रहरीका अनुसार पोखरा १२ परिवार नियोजनको कार्यालय अगाडी चेकजाँजको क्रममा उनलाई ग ३ प ९७४४ नम्बरको कारमा ओपोट्याब (OPOTAB) ५० र तपेन्टाडोल (Tapentadol Tablets) ४ सय ट्याब्लेट फेला पारेको थियो ।
त्यसपछि उनको घरमा खानतलासी गर्दा थप १ सय ६० चक्की लागुऔषध फेला पारेको थियो ।
यसैगरी नवलपरासीको मध्यविन्दु नगरपालिका ३ लेडा घर भई पोखरा १० हस्पिटलचोक बस्ने २४ वर्षीय सञ्जय चौधरीपनि लागुऔषधसहित पक्राउ परेका छन् ।
चौधरीको साथबाट ओपोट्याब (OPOTAB) ५० र तपेन्टाडोल (Tapentadol Tablets) १ हजार ३ सय ट्याब्लेट बरामद भएको थियो । पक्राउ परेका दुवै जनालाई १० दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।
सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजारमा जारी कर्फ्यु आदेश आज साँझसम्मका लागि खुकुलो बनाइएको छ । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलद्वारा जारी सूचनाअनुसार सुरक्षा अवस्थ...
काठमाडौँ । मिस नेपाल–२०२६ को ताज दीपमाला ढकालले जितेकी छिन् । दी हिडन ट्रेजरद्वारा आयोजित प्रतियोगिताको शनिबार भएको ग्रान्ड फिनालेमा २३ जनालाई पछि पार्दै उनले ताज हात पारेकी हुन् । &nbs...
पोखरा । सञ्चारिका समूह नेपाल, गण्डकी प्रदेशको आयोजना तथा ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय, जरेवर–६ शाखाको सहकार्यमा ‘सञ्चारमा वेलनेस हिलिङको महत्व’ विषयक एकदिने अन्तरक्रिया तथा...

